सुब्बा सा’बले चुहाएकै हुन त करको दर हेरफेरको सूचना ?

अहिले सदन तातेको छ कि बजेट निर्माणमा मुसाको प्रवेशको बिषयले । संयोग यस्तो प¥यो कि बजेट ल्याइनु १६ दिनअगाडिमात्रै माओवादीनिकट सहसचिवको रूपमा चिनिएका चक्र बूढालाई भन्सारबाट पर्यटनतिर खेदियो, निमित्तको जिम्मेवारी पाएका रमेश अर्याललाई यही संवेदनशील घडीमा अष्ट्रेलिया पठाइयो र अर्थमा कार्यरत दर्जनौं स्थायी, उत्तिकै हाराहारीका अस्थायी र करारका कर्मचारीलाई बाइपास गरी भन्सारबाट भूपू भइसकेका सुुब्बा रामकृष्ण श्रेष्ठलाई बजेटको मस्यौदा टाइप गर्न खटाइयो । यही समयमा एकै पटक ११ सय ५५ विद्युतीय सवारीसाधन विभिन्न नाकाबाट भित्रिए । यसले के संकेत गर्छ ?

Advertisement 1

जबकि अन्य महिना औसतमा ४२५ वटा विद्युतीय गाडी भित्रिँदै आएका थिए । वैशाखमा ५०६ वटा तर जेठको दुई हप्तामा ह्वात्तै ११ सय ५५ वटा त्यस्ता गाडी विभिन्न भन्सार नाकाबाट भित्रनुमा कतै बजेटको सूचना चुहावट त जोडिएको छैन ? प्रश्न पेचिलो रुपमा उठ्न थालेको छ । अर्थ मन्त्रालयमा ४ जना करारका कम्युटर अपरेटर र ११ जना स्थायी नियुक्त भएका कम्युटर अपरेटर कार्यरत छन् । यी सबैलाई बाइपास गरेर अवकाश पाइसकेका रामकृष्ण श्रेष्ठलाई किन भन्सार विभागबाट अर्थ मन्त्रालयमा खटाइयो ?

ललितपुर महानगरपालिका १३ कुसुन्ती घर भएका पूर्वनासु श्रेष्ठलाई २०७९ फागुन २३ गते भन्सार विभागले करार सम्झौता गरेको भेटिएको छ ।उनलाई विभिन्न प्रकाशनसम्बन्धी तयारी कार्यका लागि सूचना प्रविधि सहायक पदमा करारमा नियुक्त गरिएको हो । उनैलाई विभागका उपमहानिर्देशक शेभन्तक पोखरेलले अर्थ मन्त्रालयमा खटाएका थिए ।

Advertisement 2

अर्थ मन्त्रालयमा ४ जना करारका कम्युटर अपरेटर र ११ जना स्थायी नियुक्त भएका कम्युटर अपरेटर कार्यरत छन् । यी सबैलाई बाइपास गरेर भन्सार विभागबाट अवकाश पाइसकेका रामकृष्ण श्रेष्ठलाई किन बजेटको मस्यौदा लेख्न खटाइयो ? कि अरु कम्युटर अपरेटर टाइपै गर्न नजान्ने थिए ? अहिले प्रश्नले सदन समेत गर्माइरहेको छ ।

०७९ फागुन १९ को निर्णयअनुसार भन्सार विभागको विभिन्न प्रकाशनसम्बन्धी तयारी कार्यका लागि सूचना प्रविधि सहायक पदमा करारमा नियुक्त गरिएको श्रेष्ठ पशुपति मुरारक्का,विशाल ग्रुप लगायतका घरानासँग निकट रहेका र उनीहरुकै हित हुने गरी करका दर हेरफेरको सूचना चुहाएर अर्वाै राजश्वमा घाटा लगएको आरोप लागेको छ ।

प्रकाशित :२०८० जेष्ठ २४, बुधबार १६:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry