पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा प्रदीप ढकाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  पदमा वहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

Advertisement 1

सोमबार विशेष अदालतमा ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार स्रोतले जानकारी दिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि १ करोड ४४ लाख ११ हजार रुपैंया स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

Advertisement 2

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार ढकालविरुद्ध कायम भएको बिगो बमोजिम जरिवाना, भ्रष्टाचारबाट आर्जित र त्यसबाट बढेबढाइएको सम्पत्ति जफत गर्न अख्तियारले माग दाबी दिएको छ ।२०७४ साउन ३२ गते तत्कालीन पर्यटनमन्त्री जितेन्द्र देवले ढकाललाई पशुपति विकासको कोषको सदस्य सचिवमा नियुक्त गरेका थिए ।

प्रकाशित :२०८० असार ११, सोमबार १४:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry