कतारका राजा र नेपालका प्रधानमन्त्रीबीच आज भेटवार्ता हुने

काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका कतारका राजा र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज द्विपक्षीय वार्ता हुने भएको छ। कतारका राजा तमिम बिन हमाद अल थानी २ दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका छन्।

Advertisement 1

वार्तापछि द्विपक्षीय सम्भौता र समझ्दारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन्। उनी आजै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा अल थानी नेपालको २ दिने राजकीय भ्रमणमा मङगलबार अपराह्न नेपाल आइपुगेका हुन्। राष्ट्रपति पौडेलले हिजो अल थानीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए। राष्ट्रपति पौडेलसँग उनले हिजै भेटवार्ता गरेका थिए।

Advertisement 2

सो भेटमा नेपाल र कतारबिच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो। राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा हिजो साँझ राजकीय भोजको आयोजना पनि गरेका थिए।

प्रकाशित :२०८१ बैशाख १२, बुधबार ०८:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry