किसानलाई अनुदानमा गहुँको बीउ

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिकाले किसानलाई गहुँको बीउ वितरण सुरु गरेको छ। बिहीबारदेखि उपमहानगरपालिकाले गहुँको बीउ वितरण सुरु गरेको हो। यस वर्ष २ हजार क्विन्टल गहुँको बीउ वितरण गर्न लागिएको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए।
Advertisement 1
उनका अनुसार गौतम, विजय र वाणगङ्गा जातका बीउ ल्याइएको छ। जसमा ७० क्विन्टल गौतम, ९० क्विन्टल विजय र ४० क्विन्टल बाणगङ्गा बीउ ल्याइएको हो। किसानहरूलाई सहजताका लागि यसरी बीउ ल्याएर वितरण गर्ने गरिएको उनको भनाइ छ।
उनका अनुसार ५० प्रतिशत अनुदानमा किसानलाई बीउ उपलब्ध गराउने गरिएको छ। जसमा किसानलाई प्रतिकिलो ३७ रूपैयाँ पर्न जान्छ।
प्रकाशित :२०८२ कार्तिक २१, शुक्रबार १०:३५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










