प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमाबीचको भेटवार्तामा केके भयो कुराकानी ?

नेपाल भ्रमणमा रहेकी एमसीसीकी उपाध्यक्ष फातिमा सुमार सहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।
Advertisement 1
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ सुमारसहितको टोलीले प्रधानमन्त्री देउवालाई भेटेको हो। नेपाल र एमसीसीबीच भएको ५ मिलियन अमेरिकी डलर अनुदान सहयोग सम्झौता एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन हुन नसकिरहेका बेला एमीसीकी उपाध्यक्ष नेपाल आएकी हुन् । बिहीबार त्रिभुवन विमानस्थलमा ओर्लिएकी फातिमाले प्रधानमन्त्री देउवासँग भेट्नुअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष माधवकुमार नेपाल, सत्तारुढ गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीका अध्यक्षहरुसँग भेटेकी थिइन् ।
उनीहरुबीच एमसीसी परियोजना बारे छलफल भएको छ । फतिमाले एमसिसीका विषयमा नेपालमा भएका चर्चाका बिषयमा चासो व्यक्त गरेकी थिइन् । भेटमा एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरुसहित नेपाल(अमेरिका सहयोगबारे छलफल भएको प्रधामन्त्री देउवाले जानकारी दिएका छन् । देउवाले सामाजिक सञ्जालमार्फत पनि तस्बिर शेयर गर्दै भेट भएको बारे जानकारी दिएका छन् । उक्त भेटवार्तामा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पनि सहभागी रहेको थियो ।
Advertisement 2
बिहिबार नेपाल आएकीफतिमा नेतृत्वको प्रतिनिधिमण्डलले सोही दिन एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलाई पनि भेट गरेको थियो । यस्तै शुक्रबार पनि फतिमा नेतृत्वको प्रतिनिधिमण्डलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उर्जामन्त्री पम्फा भुसाल लगायतललाई भेट गरिसकेको छ ।