खरिदारको नतिजा सार्वजनिक, ४० जना छनोट

लोक सेवा आयोगले नतिजा सार्वजनिक गरेको छ । आयोगले न्याय,प्रशासन, लेखा समूह खरिदार वा सो सरह राजपत्र अनंकित द्धितीय श्रेणीको नतिजा सार्वजनिक गरेको हो । माग पद संख्या २२ जनामा लिखित परीक्षामा संमिलित संख्या ३ सय ७८ जनामा ४० जना छनोट भएका छन् ।
Advertisement 1
छनोट भएका मध्य अमितकुमार महतो, असल राई, उमेश तिम्सिना, कला भुजेल, केदार खत्री, कोमल श्रेष्ठ, कौशल कटुवाल, गंगुराम राई, छविराज नाछिरीङ्ग राई, दिपक भट्टराई, दुर्गराज चौलागाँई, नरवहादुर सुनुवार, निर्जला पौडेल दंगाल, पुजा लामिछाने, पूर्णवहादुर संग्रौला, प्रज्वल कोईराला, प्रज्वल राई, प्रमिला भुजेल, प्रविका गई, बादल राई, बिना राई, विशेश्वरप्रसाद यादव, भानुभक्त पोखेल, मदन महतो, महेश मिश्र, रविन्द्र बोहरा, रिया राई, रेस्मीका थापा, रोशन राई, विदुर भट्टराई, विरेन्द्र ओली, शशिलकुमार पंडित, सन्तोष बि.क., सर्मिला राई, सिताराम चौलागाईं, सुनिल राय, सुर्दशन खड्का, सुवाश बि.क. र हिमाल खपाङ्गी छनोट भएका छन् ।
उत्तीर्ण उम्मेदवारलाई सूचना प्रकाशित भएको सात दिनभित्र पासपोर्ट साइजको २ कपी फोटो, आवश्यक न्यूनतम योग्यता यकिन हुने कागजातसहित दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरेर दरखास्त व्यवस्थापन केन्द्र अनामनगरमा प्रमाणपत्रको प्रतिलिपि आफैंले प्रमाणित गरी रुजू गराउनसमेत आयोगले जानकारी गराएको छ ।








