बालेनको शहर : १ कक्षामा पढ्ने विद्यार्थी हिँड्ने सडकमा एक हप्तादेखि धराप
काठमाडौं। काठमाडौंको थापाथलीस्थित गुहेश्वरी माध्यमिक विद्यालय नजिकै सडकमा विगत १ हप्तादेखि देखिएको धराप। ढल निकासको ढकनी फुटेर खुला छाडिएको यस सडकमा दैनिक विद्यार्थीको आवतजावत हुन्छ।
Advertisement 1
ढल निकासका लागि बनाइएको खाल्डोमा ढकनी नहुँदा शिशु कक्षादेखि १ कक्षासम्म पढ्ने बाबालिकाकाका अति नै जोखिम बनेको छ।
Advertisement 2
मुख्य सडकको सडक पेटी तथा फुटपाथ बनाउन महानगरपालिकाका मेयर बालेन शाह र सडक विभागबीच हानथाप नै हुने भए पनि साना विद्यार्थी हिंड्ने सडकको खाल्डो ढाक्न दुइटै निकायले चासो दिएका छैनन्।
प्रकाशित :२०८१ आश्विन ४, शुक्रबार ११:४९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%