लोक सेवा आयोगले माग्यो ५ सय १३ जना शाखा अधिकृत (सूचनासहित)

लोकसेवा तयारी गरिरहेका युवालाई खुसीको खबर छ ।
कोरोना कहका कारण लामो समयदेखि अवरुद्ध शाखा अधिकृत तहको विज्ञापन खुलेको छ । लोकसेवा आयोगले बुधबार एक सूचना प्रकाशन गर्दै पाँच सय १३ जनाका लागि शाखा अधिकृतको विज्ञापन खोलेको छ।
अप्राविधिक तर्फको शाखा अधिकृतको विज्ञानि प्रकाशन भएकोमा एक सय ५३ जना ज्येष्ठता र बाकीँ ३६० खुल्ला रहेको छ । प्रकाशित विज्ञापन अनुसार,सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुलाईएको छ।

Advertisement 1

जसमध्ये,न्याय सेवाको खुलातर्फ न्याय समूहमा ३६, कानुनमा ७, सरकारी वकिलका लागि २४ गरी जम्मा ६७ जनाको माग गरिएको छ । महिलातर्फ न्याय समूहमा १० कानुनमा २ सरकारी वकिलमा ६ जना गरी १८ जनाको माग गरिएको छ ।

यस्तै आदिवासी जनजातितर्फ न्याय समूहमा ८ कानुनमा १ सरकारी वकिलमा ५ जना माग गरिएको छ । मधेसीमा न्याय ६ कानुन १ सरकारी वकिल ४ गरी ११ जनाको विज्ञापन गरिएको छ । दलिततर्फ न्याय ३ कानुन १ र सरकारी वकिल २ गरी ६ जना माग गरिएको छ । अपाङ्गका लागि र पिछडिएको क्षेत्रका लागि न्याय र कानुनमा एक एक जना माग गरिएको छ ।

Advertisement 2

परराष्ट्र, प्रशासन र महालेखापरीक्षक संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत खुलामा १३२ जना समावेशीतर्फ महिलाका लागि ३५, आदिवासी जनजातिका लागि २८ मधेसीका लागि २५, दलितका लागि ८, अपाङ्गका लागि ७ र पिछडिएको क्षेत्रका लागि ५ जनाको दरखास्त आह्वान गरिएको छ ।

दरखास्त दिने अन्तिम मिति पुस १४ गते सम्म रहेको छ । दोब्बर दस्तुरमा पुस २१ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने छ ।

प्रकाशित :२०७७ मंसिर २४, बुधबार ११:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry