शाखा अधिकृत विष्ट भ्रष्टचारी ठहर
विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू बालेन्द्र रुपाखेती, शान्तिसिंह थारू र चन्द्रबहादुर सारुको इजलासले यातायात कार्यालयका कर्मचारीलाई दोषी ठहर गरेको हो ।
Advertisement 1
विशेषले ललितपुर एकान्तकुनास्थित यातायात कार्यालयमा कार्यरत तत्कालीन शाखा अधिकृत भक्तबहादुर विष्टलाई दुई लाख जरिवाना र एकवर्ष कैद फैसला गरेको हो । लिखित तथा ट्रायल परीक्षामा फेल भएका तथा परीक्षामा उपस्थित नै नभएकालाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरेको अभियोगमा मुद्दा दायर भएको थियो ।
यातायात कार्यालयका आठ कर्मचारीविरुद्ध अख्तियारले १७ माघ २०७५ मा मुद्दा दायर गरेको थियो । परीक्षामा फेल भएका एवं ट्रायल परीक्षा नदिएकै अवस्थामा समेत सवारी चालक अनुमति पत्र जारी गर्ने गरेको सूचना आएपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।
Advertisement 2
अख्तियारले शाखा अधिकृत विष्णुप्रसाद सुवेदी, कम्प्युटर अपरेटर जयनारायण चौधरी र सचिनकुमार सिंह, यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालय ठूलो भर्याङका कम्प्युटर अधिकृत विजेन्द्रराज जोशी, तत्कालीन एकान्तकुनामै कार्यरत तथा हाल कम्पनी रजिस्टारको कार्यालय त्रिपुरेश्वरका कम्प्युटर अपरेटर अमितकुमार साह, मेची यातायात व्यवस्था कार्यालयका कम्प्युटर अपरेटर विजयराम बनमाला र हाल प्रदेश २ आर्थिक मामिला तथा योजना मन्त्रालयका कम्प्युटर अपरेटर मदनकुमार साह गरी ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।