राशनमा आर्थिक अनियमितामा एसपी मुख्यालयमा हाजिर

राशनमा आर्थिक अनियमिता गरेको भन्दै सशस्त्र प्रहरीका एसपी कमलचन्द्र गैरे मुख्यालय तानिएका छन् । गणमा भएको अधिक (७० प्रतिशत कर्मचारी) बिदा छोडेका सशस्त्र प्रहरी बल नेपाल नम्बर २३ गण तनहुँका गणपति गैरे मूख्यालय तानिएका हुन् ।

Advertisement 1

उनी यही माघमा अनिवार्य अवकाश भइ घर जाँदै छन् । स्रोतका अनुसार बिदा छोड्ने मात्र होइन उनले आफू अवकाश जान लागेकाले गणमा कमसल खाना खुवाएको आरोपसमेत छ । ‘गणमा कार्यरत कर्मचारीप्रति उदासिन रहने, मातहतको पिर मर्का नबुझ्ने र राशनमा मात्र गिद्धे नजर लगाउने काम भयो’, गणमा कार्यरत एक सिनियर अधिकृतले भने ।

माघ १५ बाट गणपतिहरुको सरुवा हुने भएकाले त्यसअघि नै त्यहाँ जानका लागि गृहमन्त्रालयबाट लाइन मिलाउन एउटा टोली गृहमन्त्रीको सचिवालयमा पुगेको छ ।

Advertisement 2

 

प्रकाशित :२०८० पुष २८, शनिबार १६:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry