यी हुन रसुवामा उम्मेदवारी फिर्ता लिने अध्यक्ष/ उपाध्यक्षका उम्मेदवार

रसुवामा ३० उम्मेदवारले आज आफ्नो मनोनयन फिर्ता गरेका छन् । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी दिएका उनीहरुले मनोनयन फिर्ताको अन्तिम दिन आफ्नो मनोनयन फिर्ता गरेका हुन् ।

Advertisement 1

आमाछोदिङमो गाउँपालिकामा ५ जना मनोनयन फिर्ता गरेको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ । कालिकाबाट ८ जना, नौकुण्डबाट ११ जना उत्तरगयाबाट ५ जना, गोसाईकुण्डबाट १ जनाले मनोनयन फिर्ता गरेको जिल्ला निर्वाचन कार्यालय रसुवाका प्रमुख श्रीराम थापाले जनाएका छन् । थापाका अनुसार आमाछोदिङ्मो गाउँपालिका अध्यक्षमा राप्रपाबाट उम्मेदवारी दिएका कामीगरा तामाङ, उत्तरगया गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिएका सुनिल नगरकोटी, गोसाईकुण्ड गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिएका नुर्पू तामाङ र कालिका गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिएका सिताकुमारी पौडेल र रेबकुमार पौडेलले उम्मेदवारी फिर्ता दिएका छन् ।

त्यसैगरि गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दिएका मध्ये ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नौकुण्ड गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रसबाट उम्मेदवारी दिएकी लालुमाया घलेको उम्मेवारी फिर्ता भएको छ ।

Advertisement 2

त्यसैगरि गाउँपालिकाको उपाध्यक्षका लागि स्वतन्त्रबाट उम्मेदवारी लिएका सुरेश लामा, कालिकागाउँपालिका उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारी दिएका कृष्णबहादुर तामाङ र आमाछोदिङ्मो गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी समाजवादीबाट उम्मेदवारी दिएकी मुना तामाङले उम्मेदवारी फिर्ता लिएकी छिन् ।

 

प्रकाशित :२०७९ बैशाख १७, शनिबार ०६:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry