राष्ट्रिय वाणिज्य बैंकमा ४६५ जनाका लागि रोजगारीको अवसर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ४६५ जनाका लागि स्थायी रोजगारी दिने भएको छ । बैंकले ४६५ मध्ये खुला २२१, महिला ७६, आदिबासी जनजाति ५९, मधेशी ४७, दलित २८ जना, अपांगता भएका १५ जना र पिछडिएको क्षेत्रका १९ जनालाई रोजगारी दिन लागेको हो ।

Advertisement 1

बैंकमा आवेदन दिन चाहनेको न्यूनतम अध्ययन स्नातकदेखि स्नातकोत्तरसम्म गरेको हुनुपर्ने छ । बैंकले विभिन्न पदमा सबै प्रदेशमा खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्न लागेको हो । बैंकले सबै प्रदेशमा रोजगारी दिन लागेको हो । रोजगारीका लागि असार १० गतेदेखि आवेदन दिन सकिने छ ।

आवेदन अनलाइनबाट नै दिन सकिने छ । आवेदन दिँदा लाग्ने शुल्क पनि अनलाइनबाट नै भुक्तानी गर्नुपर्ने छ । चौथो र पाँचौ तहका लागि आवेदन दिन ५०० र ६ देखि ९ तहसम्मका लागि ७०० रुपैयाँ लाग्ने छ ।

Advertisement 2

[embeddoc url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/06/rbb-bank-vacancy.pdf”]

प्रकाशित :२०८० असार ९, शनिबार ०८:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम