लोकसेवा आयोगका सचिव एमालेको जुलुसमा

लोकसेवा आयोगजस्ता गरिमामय संस्थाका सचिव राजनीतिक दलको कार्यक्रममा सक्रिय सहभागी भएको भेटिएको हो । साना तहका कर्मचारीहरु राजनीतिक गतिविधिमा लागे भनेर चर्काे विरोध हुँदै आएको छ तर उच्च तहमा कार्यरत कर्मचारीहरु समेत खुलेरै राजनीतिक दलको कार्यक्रममा लागेको भेटिए पछि चर्काे आलोचना हुन थालेको छ ।
यसरी खुलेरै एमालेको कार्यक्रममा हिडेका सचिव हुन विनोद कुँवर । कुँवर केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका प्रवक्ता थिए । त्यहाँबाट उनी आन्तरिक राजश्व विभागको डिजी बनाइएका थिए । अहिले गण्डकी प्रदेश लोकसेवा आयोगका सचिव छन् । उनी सोही प्रदेशका बासिन्दा हुन । अखिल पृष्टभूमिबाट निजामती क्षेत्रमा प्रवेश गरेका विनोद कास्कीको अन्नपूर्ण गाउँपालिकामा एमालेका उम्मेद्धारको जुलुसमा सहभागी भएका हुन । उनै कुँवरले राजनीतिक दलको कार्यक्रममा सक्रिय सहभागिता जनाएका हुन् । उनको हाउभाउ, निधारको अबिरले उक्त फोटो अकस्मात भएको जम्काभेटमा खिचिएको हुँदै होइन भन्ने पक्का छ ।

Advertisement 1

कुँवरले एमालेको विजय जुलुसमा सहभागी भएर विजयी उम्मेदवारसँग निकै कसिलो अंगालोसहित फोटो खिचेको देखिन्छ । उनले निधारमा रातै हुनेगरि अबिर दलेका छन् ।

प्रकाशित :२०७९ जेष्ठ ९, सोमबार ०६:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry