यी हुन् लोकसेवामा बारम्बार सोधिने प्रश्नहरु

१. अठारौँ सार्क शिखर सम्मेलन कहिले आयोजना भयो ?
– २०७१ मंसिर १० र ११ गते

Advertisement 1

२. ‘बाग्मती सफाई अभियान’ को औपचारिक सुरुवात कहिले भएको थियो ?
– २०७० जेठ ५

३. जनै पूर्णिमाको अवसरमा नेपालको कुन जिल्लाका किसानले खेतमा गएर भ्यागूतालाई पूजा गरी भात खुवाउने गर्दछन ?
– भक्तपुर

Advertisement 2

४. अफ्रिकी मुलुकहरुमा देखिएको ‘ईबोला’ भाइरस सर्वप्रथम कुन देशमा देखा परेको थियो ?
– गिनी

५. जेरेन्टोलजी भन्ने शब्दले के बुझाउँछ ?
– मानवको वृध्द अवष्थाबारे अध्ययन गर्ने बिषय

Advertisement 3

६. कुन राजाको पालादेखि नेपालबाट साउदी अरबको मक्का र मदिनामा नेपाली मुस्लिमहरु हज यात्रामा जान थालेका हुन् ?
– पृथ्वी वीरविक्रम शाह

७. गोरखाली फौजीले कीर्तिपुरमाथि कहिले विजय प्राप्त गरे ?
– वि सं १८२२ चैत्र ३

८. नेपालको अन्तरिम संविधान, २०६३ कहिले जारी भएको हो ?
– वि.सं २०६३ माघ १

९. कैदी अवस्थामै स्वर्गारोहण हुने कुन नेपाली राजा हुन् ?
– राजेन्द्र विक्रम शाह

१०. पाकिस्तानबाट बंगलादेश कहिले अलग भएको हो ?
– सन् १९७१ डिसेम्बर १६

११. आकाशबाट बमबारी गर्ने विश्वको पहिलो मुलुक कुन हो?
– अस्ट्रिया

१२. दरौदी नदीको उदगमस्थल बुद्द हिमाल हो भने मस्र्याङ्दी नदीको उद्गमस्थल कुन हिमाल हो ?
– दामोदर हिमाल

१३. रामेछापको सदरमुकाम मन्थली तामाकोसी नदीको किनारमा रहेको छ भने धनुषा कुन नदीको किनारमा छ ?
– हर्दिनाथ

१४. नेपालको सबैभन्दा ठूलो ताल समुद्र सतहबाट कति मिटर उचाईमा रहेको छ ?
– ३२०० मिटर

१५. पोकली झरना ओखलढुंगा जिल्लामा पर्दछ भने भन्नुहोस् इलामडाँडा झरना कुन जिल्लामा पर्दछ ?
– ताप्लेजुङ्ग

१६. नासपातीको टापु भनेर कुन एसियाली मुलुकलाई जनाउँछ ?
– श्रीलंका

१७. मितेरी पुलले नेपाल र चीनलाई जोड्दछ भने मितेरी भन्ज्याङ ले कुन कुन दुई देशलाई जोड्दछ ?
– चीन र भियतनाम

१८. विश्वको सबैभन्दा अग्लो एन्जेल नामक झरना कुन देशमा पर्दछ ?
– भेनेजुएला

प्रकाशित :२०७८ कार्तिक ९, मंगलवार १४:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry