काँग्रेसी मन्त्री र कर्मचारीको काइते काम

जब जब काँग्रेसी स्वास्थ्य मन्त्री हुन्छन् तब तब एक जना सहसचिव औषधि व्यवस्था विभागको महानिर्देशक पड्काइहाल्छन् । जब काँग्रेस इत्तरका मन्त्री आउँछन्,अनि मन्त्रालयको बरण्डा रुंग्छन्,तलब पकाउँछन् । यस्तो धन्दामा संग्लग्न रहँदै आएका एक जना विवाद्स्पद् कर्मचारीको खेलोमेलोले फेरि सार्थकता पाएको छ । काँग्रेस इत्तरका मन्त्री हुँदा झण्डै १६ महिना बरण्डामा बिताएका नारायण ढकाल पुन ववरमहलस्थित औषधि व्यवस्था विभाग हाँक्ने जिम्मेवारी पाएर त्यता फर्किएका छन् । ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले औषधि व्यवस्था विभागमा पठाएका हुन । त्यहाँका डिजी भरत भट्टराईलाई राष्ट्रिय प्रयोगशालामा लखेटेर ढकाललाई औषधि व्यवस्था विभागको हर्ताकर्ता बनाएर खटाइएको हो । उपेन्द्र यादव,विरोध खतिवडा,भानुभक्त ढकाल लगायतका काँग्रेस इत्तरका मन्त्री हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एउटा कोठामा बस्ने कुर्सी समेत नदिइ जिम्मेवारविहिन भएका उनी गगन थापा,उमेश श्रेष्ठ हुँदै मोहनबहादुर बस्नेत काँग्रेसी खेमाका मन्त्री हुँदा औषधि व्यवस्था विभागको डिजी पड्काउन सफल भएका छन् । उनी चौथो पटक विभागका महानिर्देशक बनेका हुन ।

Advertisement 1

यस अघिका स्वास्थ्यमन्त्री विरोध खतिवडाले नारायण ढकाललाई खुमलटारस्थित राष्ट्रिय प्रयोगशालामा पठाए भने त्यहाँबाट भरत भट्टराईलाई तानेर ल्याएका थिए । नारायण ढकाल त्यहाँ बाहेक अन्यन्त्र बस्न चाहदैंन थिए । एउटा कर्मचारी पटक–पटक बसिरहन मरिहत्ते गर्नुको कारक हो दक्षिणतिरको हित हुने काम गरी करोडौं शुभलाभ प्राप्त हुनु । यस अघि तत्कालिन स्वास्थ्य मन्त्री भानुभक्त ढकालले २९ असोज २०७७ मा क्याविनेटको निर्णय गराएर ढकाललाई हटाएर भट्टराईलाई महानिर्देशकमा नियुक्ति गरेका थिए । पछि गठबन्धन सरकार बनेको दुई महिना नपुग्दै भरत भट्टराईलाई हटाएर विवादित छविका नारायण ढकाललाई महानिर्देशक बनाइएको थियो । यस अगाडि ढकाल २०७३ भदौ ३१ देखि विभागको महानिर्देशकको जिम्मेवारीमा थिए । त्यो पनि बिभिन्न विवादमा मुछिएकाले तत्कालिन स्वास्थ्य मन्त्री उपेन्द्र यादवले १५ असार २०७६ मा ढकाललाई महानिर्देशकबाट हटाएर पानबहादुर क्षेत्रीलाई निमित्त महानिर्देशक बनाएका थिए ।

मोहन बस्नेतको कृपाबाट स्वास्थ्य सेवा विभागको महानिर्देशक बनेका ढकाललाई भारतीय औषधिको पक्षमा काम गर्ने व्यक्तिको रुपमा समेत बजारमा चर्चा गरिन्छ। यस अगाडी भने उनले नेपाली औषधि उत्पादकहरुलाई अप्ठ्यारो पार्ने गरि नियम ल्याएको आरोप लागेको थियो । उद्योगीले नेपाली बजारमा माग हुने ३० थरीका औषधिमा मूलुक आत्मनिर्भर रहेको र ती औषधिको आयातमा कडाई गर्नुपर्ने नीतिगत रुपमा निर्णय भएपनि कार्यन्वयन गर्नलाई ढिलाई गरेको र बिभिन्न अड्चन खडा गरेको ढकालमाथि आरोप लागेको छ । केपी ओली सरकार हुँदा कोरोनाको औषधिलगायत सामग्रीमा अनुमति दिन नमानेका एवं बालुवाटारसँग निकटले चलाएको आयुर्वेद हस्पिटलको अनुगमन गरेबापत उनी बबरमहलबाट धपाइँदा स्वास्थ्यमन्त्री थिए भानुभक्त ढकाल । मन्त्रीको खटनपटनविरुद्ध अदालत गए र निर्णय उल्टाए । अनि औषधि व्यवस्था विभागबाहेक अन्यत्र जाँदै नजाने अड्डी कस्दै लामो समय मन्त्रालयमै बसे । तत्कालीन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पुनः विभागकै जिम्मेवारी दिएर पठाएका थिए । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्यका ९ कर्मचारीलाई तितर वितर पारेका हुन । मन्त्रालय स्रोतका अनुसार सहसचिव तहका डाक्टर राधिका थपलियाले जिम्मेवारी पाएकी छैनन् ।

प्रकाशित :२०८० असार ३, आईतवार १३:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry