निजामती कर्मचारीहरुलाई वैदेशिक अध्ययनको अवसर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक अध्ययनमा जान चाहने योग्य र इच्छुक कर्मचारीहरुबाट आवेदन आह्वान गरेको छ । थाइल्याण्ड सरकारद्धारा नेपालका निजामती कर्मचारीहरुलाई विभिन्न बिषयमा प्रदान गर्न लागिएको दुई बर्षे छात्रबृति कार्यक्रममा भाग लिन इच्छुक कर्मचारीहरुसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दरखास्त पठाउन आह्वान गरेको हो ।

Advertisement 1

सूचना अनुसार,१९ वटा सिटका लागि मास्र्टस प्रोग्राममा अध्ययन गर्न इच्छुक उमेद्धारहरुले आवेदन दिन सक्नेछन् । सबै निकायका लागि खुला गरिएको यो विज्ञापनमा सम्बन्धित,मन्त्रालय,कार्यालय वा निकायले योग्य र उपयुक्त कर्मचारी छनांैट गरी परराष्ट्र मन्त्रालयको दक्षिणपूर्वी एसिया तथा प्रशान्त माहाशाखामा पठाउन आग्रह गरिएको छ ।
छात्रवृत्तिका लागि मनोनयन गर्दा सम्बन्धित सेवा,समूह वा श्रेणीभित्रका समावेशी महिला,आदिवासी जनजाती,मधेसी,दलित,अपांग,पिछडिएको क्षेत्र हालसम्म अवसर नपाएका र दुगर्ममा सबैभन्दा बढी काम गरेकालाई प्रथामिकतामा दिएर मनोनयन गर्न भनिएको छ ।

Notices-20230616102517972
प्रकाशित :२०८० असार १, शुक्रबार ११:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry