वडा अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा, ३५ लाख २१ हजार बिगो दाबी
Advertisement 1
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिका–५ का वडा अध्यक्ष शम्भु प्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचर गरेको भन्दै अख्तियारले बिहीबार उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा वडा अध्यक्ष यादवसँग ३५ लाख २१ हजार २०४ रुपैयाँ ८० पैसा बिगो दाबी गरिएको छ ।वडाध्यक्ष निर्वाचित भएपछि यादवले पदको प्रभाव पारेर पिपरा गाउँपालिका–५ मा पर्ने सुब्बा पोखरीको ठेक्का वापतको रकम ३५ लाख २१ हजार २०४ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
Advertisement 2
थप अनुसन्धानु गर्दा यादवले सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको भेटिएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
प्रकाशित :२०७८ माघ २७, बिहीबार १४:४५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%