नेपालको निजामती सेवाका सबल पक्षहरू

सरकारी राज्यकोषबाट तलब सुविधा पाउने, विशिष्ट ज्ञान, सीप भएका, स्थायी प्रकृतिका कर्मचारीको पेशागत समूह निजामती सेवा हो । निजामती सेवा सरकारी सेवा हो । यसको मूलभूत उद्देश्य सरकारका नीति तथा कार्यक्रम जनतासमक्ष पु¥याई देश र जनताको सेवा गर्नु हो ।

Advertisement 1

राजनीतिप्रति तटस्थ र सरकारका नीति तथा कार्यक्रमप्रति प्रतिबद्ध रहेको नेपालको निजामती सेवाका सबल पक्ष निम्नअनुसार छन्ः
– ऐन नियमद्वारा व्यवस्थित गरिएको छ । यसका लागि निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५० लागू छ ।
– संस्थागत व्यवस्था प्रस्ट छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केन्द्रीय निकायका रूपमा कार्य गरेको छ । सेवा समूहसँग सम्बन्धित मन्त्रालयको व्यवस्था छ ।
– तीन तहको सङ्घीय प्रणालीअनुरूप सङ्घ, प्रदेश र स्थानीय तहसम्म निजामती सेवाको सञ्जाल छ । सङ्घ, प्रदेश, स्थानीय तह हुँदै वार्ड तहसम्म संस्थागत संरचना छ ।
– कर्मचारीको छनोट योग्यताका आधारमा हुने व्यवस्था छ । यसका लागि सङ्घमा लोकसेवा आयोग र प्रदेशमा प्रदेश लोकसेवा आयोगको व्यवस्था गरिएको छ ।
– कर्मचारीको उमेरको हद ५८ वर्ष तोकिएको छ ।
– सचिवको पाँच वर्ष र मुख्य सचिवको तीन वर्ष सेवा अवधि निश्चित गरिएको छ ।
– सेवासुरक्षाको कानुनी प्रत्याभूति छ ।
– नियुक्ति, पदस्थापन, सरुवा, बढुवालगायत वृत्ति विकासका पक्षहरू कनुनद्वारा निश्चित गरिएको छ ।
– राजनीतिबाट अलग एवं तटस्थ राखिएको छ ।
– सरकारका नीति तथा कार्यक्रमप्रति निजमती सेवा प्रतिबद्ध छ ।

प्रकाशित :२०७८ मंसिर ८, बुधबार ०८:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry