डेञ्जर जोनमा मन्त्री किराती कि मोदी ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई सरकारमा भित्राउने तयारी गरेका छन् । १० औं पटक मन्त्रिपरिषद् बिस्तार गरी पूर्णता दिएपछि सो समयमा जनमत पार्टीबाट खानेपानी रहेका अब्दुल खाँले रोजेको मन्त्रालय नपाएको भन्दै राजीनामा दिएका थिए ।
Advertisement 1
उद्योग मन्त्रालय जनमतलाई नदिइ काँग्रेसलाई दिइएपछि जनमत पार्टी सरकारबाट बाहिरिएको थियो । जनमत पार्टीलाई सरकारमा ल्याउनका लागि माओवादी केन्द्रकै एक मन्त्रीलाई फिर्ता बोलाउने प्रचण्डको तयारी छ ।
अहिले माओवादीबाट प्रधानमन्त्री,गृहमन्त्री,उर्जा,सञ्चार संघीय मामिला तथा सामान्य प्रशासन र पर्यटन मन्त्रालयसहित सरकारमा सामेल छ ।
जनमतलाई सरकारमा ल्याउँदा गृह,उर्जा, सञ्चार माओवादीले छाड्ने सम्भवना कम छ । त्यसो हुँदा माओवादी केन्द्रबाट मन्त्री रहेका सुदन किराँती वा अमनलाल मोदीमध्ये एकलाई फिर्ता बोलाउने प्रचण्डको तयारी छ ।