संकटको यो घडीमा कुन दूलो मुनि छन् ट्रेड युनियन र कर्मचारी संगठनहरु ?

भनिन्छ कर्मचारी भनेको स्थायी सरकार हुन् । सामान्यतया कर्मचारी राज्य संञ्चालनका बाहक हुन् । उनीहरुसँग सार्वजनिक दायित्व हुन्छ ।
सार्वजनिक दायित्व वहन गर्ने क्रममा मुलुकमा उत्पन्न हुने हरेक विषम परिस्थितिमा कर्मचारीअरुले अहम र महत्वपूर्ण भूमिका निर्वाह छन् । जस्तो ०७२ बैशाख १२ गतेको महाभूकम्प होस वा ०७६ सालमा आएको बाढी नै किन नहोस वा कोभिड १९ संक्रमणको पहिलो लहर । सबैमा कर्मचारीहरुले आफ्नो प्रवाह नगरी सावजानिक जिम्मेवारी तथा दायित्वलाई अग्रतामा रहेर निर्वाह गरेका छन् । जिम्मेवारी निर्वाह गर्ने क्रममा केही कर्मचारीहरुको मृत्य समेत भएको तीतो यथार्थ हामी सामु छ ।
उनीहरुसँग सार्वजनिकसँगै सामाजिक तथा पारिवारिक दायित्व पनि हुन्छ । विपत र विषम परिस्थितीजन्य वातावरणमा सार्वजनिकजन्य दायित्व निर्वाह गर्न जानु भनेको ती परिस्थितीसँग आमने सामने हुनु हो । जीउ ज्यानको जोखिम हुने परिस्थितीमा सेवा प्रवाहका लागि मैदानमा खटिने कर्मचारीको सुरक्षा राज्यको प्रथम दायित्व हुनु पर्छ । हालको कोभिड १९ को महामारीमा फ्रन्ट लाइनमा काम गर्ने कर्मचारीलाई संक्रमणबाट जोगाउनु राज्यको प्रमुख दायित्व हो । सार्वजनिक निकायका फ्रन्ट लाइनमा कार्यरत कर्मचारी संक्रमण भएमा सेवा प्रवाह असर हुनुका साथै सेवाग्राहीमा समेत संक्रमण हुने खतरा हुन्छ ।
कोरोनासँग सफलतापूर्वक सामना गरेको छिमेकी मुलुक चीनजस्ता देशले अबलम्बन गरेका नीति अख्तियार गर्ने, सुरक्षा सामाग्री, माक्स, पन्जा, सेनिटाइजरहरु सहज उपलबध गराउने । अस्पताल तथा स्वास्थ्य संस्थाका कर्मचारीलाई स्वास्थ्य सामाग्रीको उपलब्ध गराउने जस्ता कार्य गर्नु अपरिहार्य देखिन्छ । कोरोनाको द्रुतप्रशार, दिनानुदिन बढ्दै गएको संक्रमित तथा मृतकको संख्या,परिस्थितीजन्य पास, आफू संक्रमित भए परिवारका सदस्यहरुमा हुनसक्ने सम्भावित संक्रमण जस्ता कुराहरुले राष्टसेवककै मनोवैज्ञानिक त्रास उत्पन्न भइरहेको छ ।
सेवा प्रदायक राष्टसेवककै मनोवल कमजोर भएमा कोरोनाको महामारीसँग जुध्न पक्कै सक्दैनन् । यसर्थ कर्मचारीहरुको मनोबल उच्च राख्न राज्यले कदम चाल्नु पर्ने देखिन्छ । राज्यले जोखिम भत्ता, संक्रमण तथा जोखिम बीमाजस्ता आर्थिक प्याकेजहरु अवलम्वन गर्नु अपरिहार्य देखिन्छ । कार्यलयहरुमा उच्च तहका कर्मचारीहरु कम जोखिम युक्त काममा सुरक्षाको सम्पुर्ण उपाय अवलम्बन गर्ने तथा निम्न तहका कर्मचारीहरु जेखिमयुक्त कार्यमा पठाउने परिपाटीलाई रोक्नु पर्छ ।
ट्रेड युनियन र कर्मचारी संगठनहरु यतिखेर बेखबर तथा दुलो पसेको अवस्थामा छन् । कर्मचारीहरु कार्य सम्पादनका दौरानमा कार्यस्थलमा कोरोनाबाट प्रभाबित हुनेको संख्या बढ्दै छन् । संक्रमणको अवस्था तथा जोखिम पहिचान गर्न सकेको छैन् । संक्रमित कर्मचारीको संख्या समेत भन्न नसक्ने अवस्था छ । संक्रमणबाट ज्यान गुमाउने कर्मचारीका रेकर्ड छैन् ।
कोरोनाको महामारीबाट फ्रन्ट लाइनमा कार्यरत कर्मचारीलाई कसरी जोगाउने ?
अग्रपंतिका सुरक्षाकर्मी, डाक्टर, नर्स, पारामेडिक्स, प्रयोगशालाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, इलेक्ट्रिसियन, प्लम्बर, प्रशासनिक तथा सहायक कर्मचारीहरुलाई उत्प्रेरित गरी काममा लगाउन र उनीहरुलाई स्वस्त बनाउन निम्न उपायहरु अपनाउनु पर्दछ –
कर्मचारी शिक्षित, ज्ञानयुक्त, सचेत, सजग र राष्ट्रका जिम्मेवार नागरिक हुन् । तसर्थ यो महामारी नियन्त्रणमा निजहरुको भूमिका महत्वपूर्ण हुन्छ । कर्मचारीहरुले आफू, आफ्नो परिवार, कार्यालयका सहकर्मी र सेवाग्राहिहरुलाई सुरक्षित राख्ने बारेमा सोच्ने, योजना बनाउने र त्यसको कार्यान्वयन गर्ने । लचकदार कामको तालिका बनाउने अर्थात अनुकुल समयमा काम गर्ने वातावरण बनाउने । एउटा समुहलाई दिनभरी काममा नलगाई आलोपालो गरी छोटो छोटो समय काममा लगाउने । राज्यले पर्याप्त मात्रामा गुणस्तरीय मास्क, पीपीई, सेनिटाइजरको व्यवस्था गर्ने साथै थप मौद्रिक सुविधा पनि दिने ।
काम गर्ने कर्मचारीको सुरक्षा, स्वाथ्य र सफाई सम्बन्धि तालिम समय समयमा प्रदान गर्ने र कर्मचारी आफूले पनि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अल्छि नगर्ने । रोग प्रतिरोधात्मक क्षमता कम भएका कर्मचारीलाई काममा नलगाउने । आपतकालिन योजना बनाई सेवा प्रवाह गर्ने ताकी आपत् पर्दा नहडबढाइ काम गर्न सकियोस् ।
कार्यस्थलमा भौतिक दुरी कामय गरी काम गर्ने । आधिकारिक सूचनाहरुमा मात्र विश्वास गर्ने र काम गर्दा न आत्तिने । महामारीमा खटिने कर्मचारीको मूल्याङ्कन गरी उचित पुरस्कार दिने र सम्मान गर्ने । खाली समयमा कर्मचारीले मनोसामाजिक परामर्श लिने तथा योग गर्ने । फेस टु फेस भन्दा पनि विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने ।
राज्यको भूमिका
उच्च मनोबलले नै रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने हुँदा राज्यले त्यतातिर ध्यान दिने ।
संवेदनशील, शिष्ट र समन्वयकारी हुने । आडम्बर, आत्मरञ्जना र अभिमानी बन्नु भएन् ।
मुख्यसचिवले गर्ने कर्मचारी संयन्त्रको नेतृत्वमा राजनीतिको हस्तक्षेप हुन नहुने । कर्मचारीहरुलाई काखा र पाखा नगर्ने । महामारीलाई नेतृत्वले कमाउ धन्दा बनाउन नहुने । संक्रमितहरुको तत्काल पहिचान गरी अलग्गै राख्ने । घर परिवारको चिन्ता र भय महसुस हुन नदिन कर्मचारीलाई मनोसामाजिक परामर्श दिने ।
कर्मचारी र निजको परिवार बिरामी भएमा राज्यले निःशुल्क उपचारको ग्यारेन्टी गर्ने । कर्मचारीको कोरोना बीमा निरन्तर गर्ने । कर्मचारीको र्यापिड रेस्पोन्स टिम बनाई तालिम दिएर काममा खटाउने । कर्मचारीहरुको गुनासो सम्बोधन गरी काममा उत्प्रेरित गर्ने । बिमांक रकम दिनलाई ढिला नगर्ने । स्वास्थ्यकर्मीहरुलाई गुणस्तरीय होटलमा बस्ने, खाने प्रबन्ध मिलाउने । कर्मचारीहरुलाई आवश्यक साधन, स्रोत र सुरक्षित स्वास्थ्य सामग्री सहित कोरोना विरुद्धको अभियानमा खटाउनु पर्ने । घरबाट आवतजावत नगरी १५ दिन कार्यालयमा वा होटलमा बसी सेवा प्रवाह गर्ने र कोभिड परीक्षणको नतिजा सहित १६औं दिनका दिन घर जाने व्यवस्थापन सरकारले गर्ने ।
संगठन तथा ट्रेड युनियनको भूमिका
यो संकटको समयमा कर्मचारी संगठन र कर्मचारी ट्रेड युनियन कुन दूला मुनि छन् ? सामाजिक उत्तरदायित्व बोध गर्ने,साझा पहल र प्रयत्नमा हातेमालो गर्ने । प्रचार प्रसार र रोगीहरुलाई औषधी वितरणमा सहयोग गर्ने । समुदायस्तरमा गएर रोगीलाई सामाजिक बहिष्कार गरे नगरेको वा दुव्र्यवहार गरे नगरेको अनुगमन गरी त्यसो नगर्न सल्लाह दिने । कोभिडका सम्बन्धमा राज्यको नीति, योजना, कार्यक्रम बनाउन रचनात्मक सहयोग गर्ने । समुदायस्तरमा ठाउँठाउँमा एकीकृत सेवा दिने गरी हेल्पडेस्कहरु संचालन गर्ने काममा संगठनहरु जुट्नु पर्ने हो तर कमजोर क्षमता, विभेदकारी कार्यशैली, ज्ञान, सीप, क्षमताको कमी, दुख गर्न मन नपराउने र काम पन्छाउने कार्यसंस्कृति र व्यवहारका कारण उल्लेखित भूमिका कर्मचारी संगठन तथा ट्रेड युनियनहरुले गर्न सकिरहेका छैनन् ।
जसले गर्दा यो महामारीमा नागरिकको सेवा मार्फत जनताको विश्वास आर्जन गरी कर्मचारीहरुको शिर उच्च बनाउने कार्यमा उनीहरु चुकिरहेका छन् ।
अर्काेतिर अस्पतालको बेड र अक्सिजन नपाएर दैनिक ५० सर्वसाधरणले ज्यान गुमाइरहेका छन् । शक्ति र सत्ताका नजिक भएकाहरु कोरोनाविरुद्धको खोपमा समेत कमिसनको लफडामा फसिरहेको छन् । यस्तो घृणित अपराध सरकारले गर्छ भनेर सरकारमा बस्ने मानिसहरुले बास्तबमा ब्यवस्थापकीय क्षमता त पर्दशन गर्न सक्दैनन् सक्दैनन नै । सामान्य मानबीय संबेदनशीलता माथि समेत खेलबाड गरिरहेका छन् ।
Advertisement 1
(नेपाल निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष घिमिरेसँग सहकर्मी महेश्वर गजुरेलले गर्नुभएको कुराकानीमा आधारित)