आफ्नै महिला कर्मचारीमाथि एसएसपीले गरे यौन दुर्व्यवहार, पाल हेडक्वाटर तानिए

नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरका हाकिमसमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाल हेडक्वार्टर तानिएका छन्।

Advertisement 1

उनी हाकिम रहेकै कार्यालयमा कार्यरत जुनियर महिला प्रहरीमाथि जबरजस्ती गर्न खोजेको भन्दै प्रदेश प्रहरी कार्यालय धनगढीमा निवेदन परेपछि उनी हिजो प्रहरी प्रधान कार्यालय तानिएका हुन्। महिला प्रहरीले हालै डीआईजी कार्यालयलाई सम्बोधन गरी निवेदन दिएकी थिइन्।

प्रहरी प्रधान कार्यालय स्रोतले उनलाई हेडक्वार्टर तानिएको र उनी अहिले आईजीपीको सचिवालयमा बसिरहेको जनाएको छ। यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भरतबहादुर बोहराले पनि पाललाई हेडक्वार्टर पठाइएको पुष्टि गरे।

Advertisement 2

के थियो घटना ?
गत शुक्रबार डिएसपी कृष्ण ओझाले एक सहायक हवल्दार बिदा स्वीकृत गरेर घर जान लागेकी थिइन् । त्यसबारे कार्यालय प्रमुख एसएसपी पालले सञ्चार सेटबाटै आदेश दिए, ‘बिदा जान लागेकी हवल्दारलाई मकहाँ पठाउनू भनेर ।’

आदेशअनुसार सहायक हवल्दार कोठामा पुगेपछि उनले भने, ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाउनुपर्छ ।’ एसएसपीको व्यवहारले उनी ‘सक’ भइन् । ‘बुबासमानको मान्छे, के कुरा गर्नुभएको सर’ भन्दै उनले प्रतिवाद गरिन् । एसएसपी पालले अझै उनलाई फकाउने प्रयास गरे । महिला हवल्दार रिसाएर त्यहाँबाट निस्किइन् । कार्यालयमा हल्लीखल्ली मच्चियो । महिला प्रहरीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् ।

प्रकाशित :२०८० जेष्ठ २२, सोमबार १३:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry