ठमेल पर्यटन विकास परिषद्ले वागमतीका पर्यटनमन्त्री श्रेष्ठलाई बुझायो ८ बुँदे ज्ञापन

ठमेल पर्यटन विकास परिषद्ले वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठलाई ८ बुँदे ज्ञापनपत्र बुझाएको छ।

Advertisement 1

ठमेल पर्यटन विकास परिषद्का नवनियुक्त अध्यक्ष भविश्वर शर्माले मन्त्री श्रेष्ठलाई भेटि समग्र पर्यटन क्षेत्रको विकास र ठमेल क्षेत्रको व्यवस्थापनका लागि विभिन्न ८ बुदे माग राखेको हो ।

परिषद्ले रात्रिकालिन व्यवसाय तथा स्पालगायतका सबै व्यवसायलाई पर्यटन विभागमा दर्ता गरि पर्यटन व्यवसायीको परिचयपत्र दिनुपर्ने, ठमेल पर्यटन परिषदको भवन निर्माण गर्ने र सोही भवनमा ठमेलमा परिचालन हुने पर्यटन प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरी समेत बस्ने व्यवस्था मिलाउनका लागि ५ करोड बजेट निकासा गर्नुपर्ने , ठमेल प्रवेशाद्वारमा, शौचालय र अन्य सजावटका लागि तीन करोड निकासा गरिदिन माग गरेको छ ।

Advertisement 2

त्यस्तै, कोभिड–१९ पीडित ठमेल पर्यटन विकास परिषद्का साधारण सदस्यलाई विना धितो २५ लाख सहुलियत ऋण लिन ज्ञापनपत्रमा माग गरिएको छ।

एक कार्यकाल आमन्त्रित केन्द्रीय सदस्य, एक कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्ष भइसकेका शर्माको स्थायी घर बागलुङ हो । उनी लामो समयदेखि ठमेलमा स्पा, होटललगायत पर्यटकीय गतिविधिमा संलग्न छन् ।

प्रकाशित :२०७९ श्रावण ८, आईतवार ०९:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry