भोलि उपत्यकामा सार्वजनिक बिदा
सरकारले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा २०८० साल जेठ ११ गते बिहीबार काठमाडौं उपत्यकाका (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिएको हो ।
Advertisement 1
गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिने निर्णय भएको जनाएको छ । जात्राका अवसरमा उपत्यका तीन जिल्लाहरु काठमाडौँ, ललितपुर र भक्तपुरमा बिदा हुने प्रवक्ता जितेन्द्र बस्नेतले जारी गरेको सूचनामा उल्लेख छ ।
ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत बिहीबार जाउजाखेलमा भोटो देखाउने जात्रा हुँदैछ । उक्त जात्राका क्रममा राष्ट्रपतिले पनि जाउलाखेलमा उपस्थित भएर भोटो देखाउने जात्रा हेर्ने प्रचलन छ ।
प्रकाशित :२०८० जेष्ठ १०, बुधबार १६:०५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%