कर्मचारीको भत्ता ५० प्रतिशतले कटौती, अन्य १७ क्षेत्रको चालू खर्च घटाउन परिपत्र

अर्थ मन्त्रालयले कर्मचारीको भत्ता ५० प्रतिशत कटौती गर्ने भएको छ ।
Advertisement 1
अर्थ मन्त्रालयले बनाएको चालू खर्च घटाउने सम्बन्धी मापदण्ड, २०७९ मा मन्त्रालयको विभिन्न १७ क्षेत्रका चालु खर्च शीर्षकका बजेट कटौती गर्न लागिएको हो ।
हालैमात्र अर्थ मन्त्रालयमा भित्रिएका सचिव तोयम रायाले गत पुस २६ गते स्वीकृत गरेको खर्च घटाउने सम्बन्धी मापदण्ड कार्यान्वय प्रक्रिया अगाडि बढाइएको हो ।
अर्थले खर्च घटाउने सम्बन्धि मापदण्ड कार्यान्वयनका लागि मन्त्रालय मातहतका बिभिन्न महाशाखालाई परिपत्र गरेको छ ।
जसअनुसार,मन्त्रालयले अतिआवश्यक बाहेकका सेमिनार, तालिम, गोष्टी नगर्ने र गर्ने पर्ने भए सरकारी मापदण्ड भन्दा बढी लागत स्टीमेट स्वीकृत नगर्न र यस्ता कार्यक्रम गर्दा मन्त्रालयका सभा कक्ष वा अन्य सरकारी निकायका भवनमात्र प्रयोग गर्ने मातहतका निकायलाई निर्देशन दिइएको छ ।
यस्तै स्वीकृत दरबन्दी र कार्यक्रममा समावेश भएको भन्दा बाहेक करार र ज्यालादारीमा कामकाजमा कर्मचारी नियुक्त नगर्ने परिपत्रमा उल्लेख गरिएको छ ।
मन्त्रालयकै जनशक्तिबाट सम्पादन हुन सक्ने कामको लागि बाह्य परामर्श सेवा खरिद नगर्ने र मन्त्रालयका बैठकहरु कार्यालय समयभित्र गर्दै भत्तामा हुने खर्च कटौती गर्ने मापदण्डमा समावेश गरिएको छ ।
Advertisement 2
अर्थले हालै स्वीकृत गरेको नयाँ मापदण्डमा आगामी आर्थिक वर्षमा बजेट निर्माणमा संलग्न कर्मचारीको अतिरिक्त भत्ता ५० प्रतिशतले कटौती गरिने भएको छ ।
यस अघि बजेट निर्माणमा संग्लग्न कर्मचारीहरुलाई ६ सयका दरले भत्ता दिँइदै आएकोमा अब घटाएर तीन सयमा झार्न लागिएको हो ।