इन्जिनियर १ लाख ७५ हजारघुससहित रङ्गेहात पक्राउ
धनुषाको सहिदनगर नगरपालिकाका इन्जिनियरसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको छ ।
Advertisement 1
बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटिएको अनुसन्धान अधिकृतको टोलीले विशेष सूचनाको आधारमा पशु सेवा कार्यालयबाट घुस रकमसहित इन्जिनियर रमेश कुमार चौधरी र सहयोगी गरुदेव यादवलाई पक्राउ गरेको हो ।
उनीहरुले सेवा ग्राहीसँग वाल निर्माण पश्चातको भुक्तानीका लागि घुस लिएको आरोप लागेको छ । “इन्जिनियर रमेशकुमार चौधरी र निजको साथी गुरुदेव यादवलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त रकम र एक लाख ७५ हजार रुपैयाँको चेकसहित धनुषा जिल्लाको सहिदनगर नगरपालिका–३ स्थित पशु सेवा केन्द्रको भवनबाट साउन २८ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ,” अख्तियारले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।