महानगरपालिकाले रोक्यो करार कर्मचारी भर्ना प्रक्रिया

पोखरा महानगरपालिकाले करार कर्मचारी भर्ती प्रक्रिया रोकेको छ । महानगरपालिकाले वैशाख ११ गते ४७ जना कर्मचारी करारमा भर्ना गर्न सूचना निकालेको थियो । डाक्टर, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब, अनमी, रेडियोग्राफर, आयुर्वेदका जानकार कविराजलगायत १४ पदमा ४७ जना माग गरेको थियो । उक्त पदमा ६ सय जनाभन्दा धेरैले दरखास्त दिएका थिए ।

Advertisement 1

सो सूचना अनुसार जेठ ६ गते लिखित, प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताको कार्यतालिका थियो । तर, महानगरले  मंगलबार एक सूचना जारी गरी करार कर्मचारी भर्ना हाललाई रोकिएको जानकारी दिएको हो । अहिले महानगरपालिकामा ३ सय जनाभन्दा बढीको संख्यामा करार कर्मचारी कार्यरत छन् ।

प्रकाशित :२०८० जेष्ठ ३, बुधबार ११:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry