सहसचिवका दुख :-सामान्य गृह खटाउने,श्रमले वैदेशिक रोजगार विभागमा पठाउने

पछिल्लो समय कर्मचारी सरुवामा भद्रगोल देखिएको छ । तल्लादेखि माथिल्ला तहसम्मैका कर्मचारी सरुवामा मनपरी देखिएको हो । जसको पछिल्लो एउटा नमुना हेरौं,एक जना सहसचिवले तीन महिनासम्म जिम्मेवारी पाउँदैनन् । मन्त्रालयको बरण्डामा थन्काइएको तीन महिना पछि उसलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृहतिर खटाउँछ । उनै सहसचिवलाई मन्त्रीले वैदेशिक रोजगार विभागमा हाकिम बनाएर पठाउँछन् ।
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वैशाख २० गते एकै पटक ४४ जना सहसचिवको सरुवा गर्यो ।
सरुवाको सूचीको २३ औं नम्बरमा मदन दाहाललाई श्रम मन्त्रालयबाट गृह मन्त्रालयमा पठाइएको थियो । दाहालसहित अन्य ६ जना सहसचिवलाई गृह मन्त्रालयमा पठाइएको ३ जना सहसचिवमात्र गृहमा हाजिर भएका छन् ।
Advertisement 2
यस अघि राजश्व अनुसन्धान विभागको महानिर्देशकका रुपमा कार्यरत रहँदै गर्दा नेपाल इन्भेष्टमेन्ट बैंकको ९ अर्ब हाराहारी कर छलीको अनुसन्धान अघि बढाएका उनलाई चार महिनामै त्यहाँबाट लखेटेर श्रममा पुर्याइएको थियो । श्रम मन्त्रालयमा दुई महिनाभन्दा बढी समय जिम्मेवारविहिन भएर बसेका दाहाललाई मन्त्री शरतसिंह भण्डारीले हिजैमात्र वैदेशिक रोजगार विभागको महानिर्देशक बनाएर खटाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृहमा खटाएको दाहाललाई हिजैमात्र मन्त्री भण्डारीले वैदेशिक रोजगार विभागको महानिर्देशक रुपमा खटाइएको हो ।
९ महिना अघि त्यहाँ पुगेका उमाकान्त आचार्यलाई मन्त्रालयमा तानिएका छन् ।