साउनदेखि कर्मचारी सञ्चयकोषको व्याजदरमा नयाँ ब्यवस्था,कुनमा कति घट्यो ?

कर्मचारी सञ्चय कोषले सञ्चय कोष तथा निवृत्तिभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटी तथा कर्जामा लिने ब्याजदर घटाएको छ । आगामी १ साउनदेखि लागू हुने गरी व्याजदर घटाएको कोषले जनाएको छ ।कोषले सञ्चयकर्तालाई दिने र ऋण लगानी दुवैमा ०.५ प्रतिशत बिन्दु ब्याजदर घटाएको हो।
कोषको सञ्चालक समितिले पारित गरेको नयाँ व्याजदर अनुसार,अब सञ्चयकर्तालाई सञ्चय कोष र निवृत्तभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर ७ दशमलव ५० प्रतिशत गरिने भएको छ ।

Advertisement 1

सञ्चय कोष लगानी विभाग प्रमुख ठाकुरजंग थापाको संयोजकत्वमा गठित अध्ययन समितिले सञ्चयकर्ताको निक्षेप र कर्जाको ब्याजदर १दशमलव ५ प्रतिशतसम्म घटाउन सिफारिस गरेको भए पनि सञ्चालक समितिले ० दशमलव ५ प्रतिशत बिन्दुमात्र घटाउने निर्णय गरेको हो।

कोषले अघिल्लो बर्ष अर्थात २०७९ साउन १ बाट लागू हुने गरी सञ्चय कोषले बचत र ऋण दुवैको ब्याजदर १ दशमलव ५ प्रतिशत बिन्दुले बढाएकोमा व्याजदर घटाइएसँगै अब सञ्चयकर्ता विशेष सापटीमा ८ दशमलव ६०, सञ्चयकर्ता घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ९ दशमलव २५ व्याजदर लाग्ने भएको छ । सञ्चयकर्ता जग्गा खरिद सापटी र सरल चक्रकर्जामा ९ दशमलव ७५ प्रतिशत ब्याजदर लाग्ने कोषले जनाएको छ ।

Advertisement 2

यस्तै धितोमा आधारित सञ्चयकर्ता कर्जाको त्रैमासिक रुपमा व्याज चुक्ता गर्ने सञ्चयकर्ताको हकमा व्याज चुक्ता गरेको त्रैमासको लागि तोकिएको ब्याजदरमा ० दशमलव २५ प्रतिशत बिन्दुले छुट दिने व्यवस्था गरिएको कोषले जनाएको छ ।
सञ्चय कोषमा निजामती सेवा, सेना, प्रहरीलगायत अन्य संस्थागत गरी ६ लाख सञ्चयकर्ता आबद्ध छन्।

प्रकाशित :२०८० असार २७, बुधबार ०६:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry