सिंहदरबारमा आज अपरान्ह मन्त्री र सचिवहरु एकै ठाउँमा जुट्ने
आज दिँउसो संघीय मन्त्री र संघका सबै सचिवहरुलाई सिंहदरबारमा एकै ठाउँमा जुट्ने भएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मन्त्री र सचिवहरुसँग छलफलका दिँउसो तीन बजे सबै मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा डाक्नुभएको हो ।
Advertisement 1
बैंठकमा मन्त्री र सचिवहरुबीचको कार्यसम्पादन मुल्यांकन,सुशासन प्रवद्र्धन,विकास निर्माण,सरकारको काम कारवाही लगायतका बिषयबस्तुमाथि छलफल हुने र प्रधानमन्त्रीले मन्त्री र सचिवलाई निर्देशन दिने एक जना सचिवले जनाकारी दिएका छन् ।
यस्का अलवा बैठकमा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनबारे छलफल हुनेछ । सो कार्यक्रममा सबै मन्त्रालयका सचिव,योजना आयोगका उपाध्यक्ष एवम् नेपाल राष्ट्र बैंकका गभर्नर समेत डाकिएको छ ।
प्रकाशित :२०७९ श्रावण १७, मंगलवार १०:४६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%