सशस्त्र प्रहरीद्वारा १२ लाखको सामान बरामद

अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।

Advertisement 1

मंगलबार १२ लाख मूल्य बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।धरान औद्योगिक क्षेत्रबाट लक्ष्मी चौकतर्फ आउदै गरेको को १ ज २८६१ नं. को टाटा कम्पनिको मिनि ट्रक र ५३ बर्षका चालक लोक बहादुर बिश्वकर्मालाइ नियन्त्रणमा लिएको छ ।

Advertisement 2

शंका लागि चेकजाँच गर्दा विजकमा उल्लेखित मुल्य रु.४६,५०० बराबरको चामल, मकैको च्याख्ला (२५ वोरा) विना विल विजकको अन्दाजी मुल्य रु. १ लाख बराबरको चामल, मकै, चिउरा, खुदि (५३ बोरा)  मुल्य रु ८ लाख बराबरको ट्रक, सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।

Advertisement 3

त्यस्तै श्रीपुर सुनसरीबाट खटिएको टोलीले मोवाईलको बिभिन्न पार्टसहरु बरामद गरी आवश्यक कारवाहीको लागी सुनसरी भन्सार कार्यालय सेतुबन्ध सुनसरीमा बुझाएकाे छ । सो को भन्सार मूल्य एक लाख चौतिस हजार छ सय कायम भएको ।

प्रकाशित :२०८० जेष्ठ २, मंगलवार २१:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry