अध्यादेशबारे छलफलका लागि राष्ट्रपतिले बोलाए कानुनविद्

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेको अध्यादेशबारे छलफल सुझाव माग्न कानुनविद्हरूलाई बोलाएका छन्।
Advertisement 1
राष्ट्रपति पौडेलले अध्यादेशबारे छलफल गर्न वैशाख १७ गते (आज) अपराह्ण ४ बजे संविधानविद्हरूलाई शीतल निवास बोलाएका हुन्।
संघीय संसद बैठक आह्वान गरेको भोलिपल्टै स्थगित गरेको सरकारले विभिन्न ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ।
Advertisement 2
सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापी लगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यसहित ६ अध्यादेश सिफारिस गरेको छ । जसको विपक्षी दलहरूले विरोध गरिरहेका छन् ।
प्रकाशित :२०८३ बैशाख १७, बिहीबार १०:३४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












