सरकारी बजेटमा रिसोर्टमा २० लाखको भोज
सरकारले राजश्व संकलनमा संक्चन बढेको र चालु खर्च धान्न मुस्किल परेको भन्दै संघीय सरकार,प्रदेश र स्थानीय तहको बजेट कटौती गर्न निर्देशन दिएको थियो गत माघ १७ मै । अर्थले दिएको १४ बुँदे निर्देशनको पहिलो बुँदामा कार्यक्रम खर्च,कर्मचारी तालिम,गोष्टी,सेमिनार,कार्यशालाको बजेट कटौतीमा परेको थियो । चालु खर्च कटौतीको निर्णय कार्यान्वयन गर्दा १० अर्ब ५० करोड रुपैयाँ बचत हुने र खर्च रोक्का राख्दा करिब १४ अर्ब रुपैयाँ बराबरका कार्यक्रम स्थगन हुने अर्थ मन्त्रालयको अनुमान गरेको भए पनि सरकारी बजेटमा तर मार्न पल्किएका कर्मचारीहरुले नै यो सरकारी निकायले भने यसलाई ठाडैं उल्लघन गरिरहेको भेटिएको छ ।
Advertisement 1
गोकर्णेश्वर नगरपालिकाको एक कार्यक्रम नाटक गरी महंगो रिसोर्टमा भोज गरी २० लाख रुपैयाँ सिध्याइएको छ । गत शुक्रबार र शनिबार नगरपालिकाले कर्मचारीका लागि क्षमता अभिबृद्धि विकास तालिम आयोजना गरेको थियो । धुलिखेलको महंगोमध्येको एक हिमालय दृश्य रिसोर्टमा दुई दिने आवासिय कार्यक्रम राखिएको थियो । जहाँ तालिमका नाममा मदिरा पार्टी समेत भएको छ । जसमा नगरपालिकाको २० लाख रुपैयाँ खर्च भएको स्रोत बताउँछ ।