यो बजेटले कर्मचारीलाई निराश बनायो,झुक्कायो

सरकारले साढे १६ खर्ब हाराहारीको बजेट सार्वजनिक गर्यो । बजेट कनिका छरेको शैलीमा आएको टिप्पणी हुँदैछ । सबै समूहलाई खुसी पार्ने शैलीमा ल्याइएको बजेटबाट कर्मचारी बर्ग भने साखै सन्तृष्ट देखिएका छैनन् । सरकारले तलबमार्फत सरकारी कर्मचारीहरुको तलब दुई हजार बढायो । यो आजसम्मकै कम तलब बृद्धि हो । यो आर्थिक बर्षमा २ हजार तलब बृद्धि गरिएको बाहनामा अब दुई बर्ष कर्मचारीको तलब बृद्धि नहुने हो भने सबैभन्दा मारमा राष्ट्रसेवक कर्मचारीहरु पर्नेछन् । तलब त अर्को वर्ष बढाउँदा पनि हुन्थ्यो । अर्को वर्षको बजेट आउँदा सरकारले भन्ला कि गत वर्ष कर्मचारीको तलब बढाएकै हो, वर्षेपिच्छे कसरी बढाउने भन्न सक्छ । त्यसले गर्दा हामी कर्मचारी वर्ग मार परेको हो । सरकारले कर्मचारीको तलब बढ्यो भनेर घोषणा त ग¥यो तर अन्य सेवा सुविधाहरूबारे केही बोलेको छैन । बरु यसलाई महँगी भत्ताको रूपमा थप गरेको भए राम्रो हुन्थ्यो । कर्मचारी निरीह हुन्छ, जे गरे पनि हुने भन्ने सोच देखिएको छ ।

Advertisement 1

यो बजेटले कर्मचारीको मनोबल घटाएको छ ।मध्यावधि चुनाव केन्द्रित बजेट ल्याएको सरकारले कर्मचारीको तलब दुई हजार रूपैयाँले बढाएर जस लिन खोजेको छ । यद्यपि कर्मचारी यसमा सन्तुष्ट हुन सकेनन्  । निजामती कर्मचारी सेवा ऐन, २०४९ दफा २७ (१ख) मा ‘तलब भत्ता पुनरावलोकन समितिले तीन वर्षमा राजस्व वृद्धिदर, कुल दरबन्दी संख्या र विगत तीन वर्षमा मूल्यसूचीको आधारमा प्रदान गरिएको महँगी भत्तासमेतलाई आधार बनाई तलब भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने’ व्यवस्था भए पनि सरकारले जस लिन दुई वर्षमै तलब वृद्धि गरेको हो । अध्ययनबिनै सरकारले तलब बढाएको छ भने महँगीअनुसार तलब वृद्धि न्यून भएको छ । तलब वृद्धि हाँसी–मजाकजस्तो भयो । यसले कर्मचारीलाई तलब वृद्धिको महसुस पनि हुँदैन, बरु यही बहानामा महँगी बढ्छ । कोभिडको संकटका बेला तलब वृद्धि हाम्रो अपेक्षा थिएन । तर, कर्मचारीको तलब बढाएकै भए जीविकोपार्जन गर्न सहज हुने गरी बढाउनुपथ्र्यो । बढेको तलबले महँगीलाई मिट गर्दैन । सरकारले परिस्थितिको आँकलन गरेन । तलब वृद्धिको सिद्दान्त मिलेन । ऐन कानुनअनुसार बढाउनुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकको हेर्ने हो एउटा छ, निजामती सेवामा अर्को खालको छ । त्यसैले सबै कर्मचारीहरूको एकद्वार हुनुपर्छ । कामको प्रकृतिको आधारमा अहिले स्वास्थ्यकर्मीहरू कोभिडको जोखिमपूर्ण अवस्थामा २४सै घन्टा खटिरहनुभएका छन् । उहाँहरूको पनि सुविधा त्यहीँअनुसारको हुनुपर्छ भनेर हामीले माग गरेका छौँ ।
निजामती कर्मचारीहरुले उठाउँदै आएको दश लाखको दूर्घटना बीमा,पर्यटन भ्रमणका भत्ता सहित दश दिन काज बिदा दिने निर्णय भने स्वागत योग्य छन् ।यसलाई सकरात्मक रुपमा लिएका छौं । तलब लगायतका बिषयले कर्मचारीलाई झुक्काएको छ । बरु दुई हजार रूपैयाँ तलब वृद्धि नगरेर अन्य सुविधाहरू महँगी र प्रोत्साहन भत्ता दिएको भए राम्रो हुन्थ्यो । कर्मचारीको हौसला सरकारले बढाउनुपर्ने हो, त्यो देखिएन । गत वर्षको बजेटसँग तुलना गर्ने हो भने यसवर्ष स्वास्थ्य र शिक्षामा बढी बजेट दिइएको छ । स्वास्थ्य क्षेत्रलाई बजेटमा प्राथामिकता दिनु अहिलेको आवश्यकता पनि हो । समग्रमा बजेट हेर्दा राम्रै लागेको छ ।

(चौधरी नेपाल मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष हुन् ।)

प्रकाशित :२०७८ जेष्ठ २०, बिहीबार ०७:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry