सिडिओले समाते ठेकेदारको कठालो
ठेकेदार कम्पनीले काम गरे बापतको ज्याला नदिएपछि जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले ठेकेदारको कठालो समातेर एक लाख रुपियाँ ज्याला असुल गरेका छन् ।
Advertisement 1
भवन बनाइसके पनि ठेकेदारले दुई वर्षसम्म काम गरेको ज्याला नदिँदा महिला मजदुरले सिडिओलाई गुहारेपछि प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले ठेकेदार वसन्त साउद र सुरेश भुलबार्ट दुई वर्षको ज्याला असुल गरेका हुन् । पीडित महिलाको गुनासो सुनेपछि ठेकेदारलाई प्रशासनमा बोलाएर रकम असुल गरेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए।
दैनिक मजदुरी गरी खाने महिलालाई दुई वर्षसम्म ज्याला नदिनु भनेको ठूलै अन्याय हो । ज्याला असुल गरेर आयन्दा यस्तो व्यवहार नगर्न ठेकेदारलाई चेतावनी दिएको उनले बताए। दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका ती महिला छुट मुक्त हलिया हुन् ।