कर्मचारी र जनप्रतिनिधिलाई वैदेशिक भ्रमणमा अंकुश

सरकारले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभरका स्थानीय तहलाई परिपत्र गर्दै अत्यावश्यक र औचित्यपूर्ण अवस्था बाहेक विदेश भ्रमणमा नजान निर्देशन दिएको हो ।
Advertisement 1
मन्त्रालयले जिल्ला समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पठाएको परिपत्रमा जथाभावी वैदेशिक भ्रमण नगर्न निर्देशन दिएको हो । जनप्रतिनिधि तथा कर्मचारीहरु वैदेशिक भ्रमण जाँदा कतिपय कार्यक्रम औचित्य पुष्टि नहुने देखिएको कारण स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई वैदेशिक भ्रमणमा कडाइ गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका शाखा अधिकृत दीक्षा थापाका अनुसार,वर्तमान आर्थिक संवेदनशिलता,चालू आर्थिक वर्षको अन्तिम र नयाँ आर्थिक वर्षको बजेट निर्माणको महत्वपूर्ण समयलाई मनन गरी अत्यावश्यक र औचित्यपूर्ण अवस्थामा बाहेक वैदेशिक भ्रमण स्वीकृतिका लागि नपठाउनु हुन अनुरोध छ भनिएको छ ।
मन्त्रालयले वैदेशिक भ्रमणको स्वीकृतिका लागि आधिकारिता स्पष्ट पुष्टि हुने कागजात संलग्न गरेर पठाउन पनि स्थानीय तहहरुलाई आग्रह गरेको छ ।आधिकारिता पुष्ट्याई हुन नसक्ने तथा गलत कागजात तयार गरी पठाएका अनुरोध पत्रमाथि कानूनबमोजिम छानबिन गरी कारबाहीसमेत गरिने जानकारी दिएको छ ।
Advertisement 2