‘रातो घर’को निशानामा यातायातका कर्मचारी,उपसचिवविरुद्ध सवा करोड भ्रष्टाचार मुद्धा

पछिल्लो समय अख्तियारको निशानामा यातायातका कर्मचारीहरु पर्न थालेका छन् । हालैमात्र टंगालस्थित रातोघरले जगाते यातायातका १४ जना कर्मचारीविरुद्ध वयान लिने र १३ पन्ने भराउने काम गरिरहेको अख्तियारले उपत्याकाका अन्य यातायात कार्यालयका कर्मचारीहरुसँग समेत भ्रष्टाचार मुद्धामा बोलाएर वयान लिइरहेको छ ।
उता आजैमात्र टंगालस्थित रातोघरले तत्कालीन यातायात व्यवस्था कार्यालय, सुकेधारा (हाल गौरीघाट)का उपसचिव सुन्दर भट्टराईमाथि गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Advertisement 1

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईमाथि गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको बताइएको छ ।

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा काठमाडौंका तत्कालीन उपसचिव भट्टराई २०३८ साल साउन १ गते निजामती सेवामा प्रवेश गरेका थिए ।

Advertisement 2

उनीमाथि उजुरी परेपछि अख्तियारले २०७५ मंसिर मसान्तसम्मको सम्पत्ति जाँचबुझ गर्ने क्रममा एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ सम्पत्ति स्रोत नखुलेको भेटिएको अख्तियारले जनाएको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार भट्टराईले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति उनकी पत्नी मुना अधिकारी, छोरा उत्सुक भट्टराई र छोरी प्रेरिका भट्टराईको नाममा राखिएको पाइएको छ ।

Advertisement 3

त्यस्तै, आमा इन्दिरा भट्टराईको नाममा पनि सम्पत्ति राखिएको देखिएकाले अख्तियारले उक्त रकम जफत गर्न मागदाबी गरेको हो ।

प्रकाशित :२०८० बैशाख १९, मंगलवार २१:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry