माउन्टेन एकेडेमीका व्यवस्थापकहरुको मोजमस्ती
विश्वकै पहिलो पर्वतीय पर्यटनसम्बन्धी शिक्षण हुने कलेज मास्न संष्कृति,पर्यटनमन्त्री सुदन किराती नै सक्रिय रुपमा लागिपरेको आरोप लाग्न थालेको छ । लाक्पाफुटी शेर्पा कार्यकारी निर्देशक हुँदा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएर विश्वमै पहिलो पटक पर्वतीय पर्यटन पठन पाठन शुरुवात गरेको थियो नेपाल माउन्टेन एकेडेमीले । यो शिक्षण संस्थासँग विश्वका विभिन्न १० वटा विश्वविद्यालयहरुले समेत एमओयू गरेका थिए । कुनै समय ट्रेकिङ गाइडको मात्र तालिम दिँदै आएको यो प्रतिष्ठानमा लाक्पाफुटी कार्यकारी निर्देशक र प्रिन्सिपल हुँदा स्नातक र स्नातकोत्तर तहमा पर्वतीय पर्यटनको पढाइ शुरु गरेको थियो । योगेश भट्टराई मन्त्री हुँदा यी कार्यक्रमको उद्घाटन गरिएको थियो ।
Advertisement 1
त्यस समय पर्वतीय पर्यटन अध्ययनमा विद्यार्थीको आकर्षण यति धेरै थियो कि,३५ जनाको कोटा रहेको चार समेष्टरको मास्टर्स कोर्स पढ्ने विद्यार्थी ३५ जना थिए भने ८ सेमेष्टरको व्याचलर कार्यक्रममा २८ जना विद्यार्थी थिए । तर वर्तमान नेतृत्वको नालायकिपनाको कारण अहिले विद्यार्थीको खडेरी लागेको छ । मास्र्टसका कार्यक्रमका लागि दुई पटकसम्म भर्ना खुलाउँदा समेत एक जना विद्यार्थीले आवेदन दिएका छैनन् । छुट्टै उदेश्यले स्थापना भएको न्याथममा नेपाल माउन्टेन एकेडेमीलाई गाभ्न खोजे पछि विद्यार्थीको खडेरी लागेको त्यहाँ अध्ययनरत विद्यार्थीहरुले बताएका छन् । न त मार्केटिङ प्लान,न विद्यार्थीलाई इन्करेज,उल्टै मर्जको हल्लाका कारण विद्यार्थीहरु नेपाल माउन्टेन एकेडेमीमा भर्ना हुन छाडेका इकर्मचारी डटकमका सम्पर्कमा आएका केही विद्यार्थीहरुले बताएका छन् । वर्तमान व्यवस्थापनबाट उल्टै टर्चर खेप्नु परेपछि लाखौं लगानी गरेर भर्ना भएका विद्यार्थीहरु समेत ‘पढ्नु कि छाड्नु’को स्थितिमा पुगेका छन् ।
आफूले दिने नियुक्तिमा राई,लिम्बु हेर्दै आएका मन्त्री किरातीले सहसचिवको सेवा सुविधा पाउने गरी त्यहाँका कार्यकारी निर्देशकमा अर्जुन राईलाई खटाएका छन्,गतबर्षदेखि । पूर्व क्याम्पस चिफ ज्ञानेश्वर प्रसाद सिंह महत्तोलाई गलहत्याएर त्यहाँ शिव प्रसाद जैसीलाई क्याम्पस प्रमुख ।
Advertisement 2
टंक पौडेललाई सहायक क्याम्पस प्रमुख तथा एमएटीएस कार्यक्रमको को अर्डिनेटरको जिम्मेवारी दिइएको छ । क्याम्पस प्रमुख जैसी पर्यटनसँग सम्बन्धित होइनन्,उनी कविता लेख्न र सुनाउनमै मन्त्रमुग्ध हुन्छन् । सहायक क्याम्पस प्रमुख टंक पौडेल न त अग्रेजी पढेका हुन,न टुरिजम व्याकराउण्डका । उनीमाथि विद्यार्थीसँग थेसिसकै घुस माग्ने गरेको आरोप छ । केही विद्यार्थीले थेसिस वापत घुस माग्ने गरेको प्रमाण नै क्याम्पस प्रमुखकहाँ पु¥याएका थिए तर केही कारवाही भएन । अनिल भण्डारीलाई एमएसस्सी,एमएमएसको को अर्डिनेटरको जिम्मेवारी दिइएको छ । करारका लेखापाल आलोक खतिवडालाई एकाउण्टेण्ट । उनीहरुकै मिलेमतोमा अहिले त्यहाँ आर्थिक अनियमितता चुलिएको उजुरी टंगालस्थित अख्तियारसम्मै पुगेको छ । लाक्पाफुटी कार्यकारी हुँदा ५ करोड भन्दा बढी बैंक व्यालेन्स घटेर १ करोडमा झरेको छ ।
अर्काे रोचक ,विद्यार्थी ८० जना छैनन्,पढाउने शिक्षक ११८ जनाको लाइन छ । पढाउनकै लागि इराकी र बेलायती नागरिक इनवाल र बेरोज मुकादेशीलाई नियुक्त गरिएको छ । उनीहरुको शैक्षिक योग्यता स्नातक तहको मात्र देखिन्छ तर पढाउँछन्,स्नातकोत्तर तहलाई । तिनीहरुकै नाममा रकम निकालेर टंकले गोलमाल गर्दे आइरहेको आरोप त्यहीका कर्मचारीहरुले लगाउने गरेका छन् । उनै टंक विएमएस पहिलो व्याचका विद्यार्थीले प्रस्तुत गरेको पेपर बोकेर मोन्टना स्टेट युनिभर्सिटीमा पेपर प्रिजेन्ट गर्न उड्ने तरखर गर्दैछन् । आफ्नै प्रिपमा रहेका हिमाल पण्डितलाई कलेजको प्रशासन हेर्ने जिम्मेवारी दिइएको छ । उनैको थेसिसलाई कार्यपत्रका रुपमा प्रस्तुत गर्ने गरी टंक अमेरिका निस्कन लागेका हुन ।
Advertisement 3
यही व्यवस्थापनका लाचारीपनाका कारण सोलुखुम्बुको गार्मामा २७ सय रोपनी क्षेत्रफलमा फैलिएको भव्य संरचना समेत प्रयोगविहिन बन्न पुगेको छ । उक्त ठाउँ हेर्ने गरी इञ्जिनियर भक्तराज जैसीलाई जिम्मेवारी दिइएको भए पनि उनी काठमाडौंमै बसेर पुस्तकालयमा काम गरिरहेका छन् ।