कर्मचारीलाई टिकटक हटाउन आदेश

लोकप्रिय सोसल मिडिया प्लाटर्फम टिकटकमाथिको प्रतिबन्धको सिलसिला डेनमार्कसम्म पुगेको छ । अमेरिकापछि डेनमार्कको रक्षा मन्त्रालयले आफ्ना सरकारी कर्मचारीहरुको फोनमा टिकटकको प्रयोगमाथि प्रतिबन्ध लगाएको छ ।

Advertisement 1

उत्तर एटलान्टिक सन्धि संगठन नाटोको सदस्य रहेको डेनमार्कले साइबर सुरक्षाको कारण देखाउँदै टिकटकमाथि यस्तो कदम उठाएको हो । डेनमार्क सरकारले टिकटक एपको सुरक्षा र डाटाको गोपनीयताका विषयमा पनि चिन्ता व्यक्त गरेको छ ।

स्मरण रहोस् यसअघि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकाले सरकारी उपकरणहरुमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

Advertisement 2

कर्मचारीलाई टिकटक हटाउन आदेश

डेनमार्कको रक्षा मन्त्रालयले आफ्ना कर्मचारीहरुलाई आफ्नो फोनबाट टिकटक हटाउन पनि आदेश दिएको छ । आधिकारिक युनिटहरुमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाइएको मन्त्रालयले जनाएको छ । त्यसैले कुनै आधिकारिक उपकरण वा सरकारी काममा समेत प्रयोग हुने फोनहरुमा टिकटक एप इन्स्टल गरेको भए तत्कालै अनइन्स्टल गर्न रक्षा मन्त्रालयले कर्मचारीहरुलाई निर्देशन दिएको छ ।

Advertisement 3

एक विज्ञप्तिमा रक्षा मन्त्रालयले भनेको छ कि स्केन्डेनिभियाली देशको साइबर सुरक्षा केन्द्रको आँकलन अनुसार यो एपले डिभाइसहरुमा विभिन्न खाले अधिकार तथा पहुँचका लागि अनुरोध गर्दछ जसबाट जासुसीको खतरा रहेको छ । गत महिनामात्रै डेनमार्कको संसदले सांसद तथा कर्मचारीहरुलाई जासुसीको जोखिमबाट बचाउनका लागि फोनबाट टिकटक हटाउन आग्रह गरेको थियो ।

अमेरिकाले हालै सरकारी स्वामित्वका सबै ग्याजेटमा टिकटकमाथि प्रतिबन्ध लगाएको छ । राष्ट्रिय सुरक्षाको हवाला दिँदै अमेरिकाको सिनेटले यस विषयमा एक विधयेक पनि पारित गरेको छ । उक्त विधयेकमा सरकारी कर्मचारीहरु तथा सरकारी ग्याजेटहरुमा टिकटक प्रयोगमािथ प्रतिबन्ध लगाउने उल्लेख छ ।

एजेन्सी

प्रकाशित :२०७९ फाल्गुन २३, मंगलवार १४:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry