महानगरका ३२ भ्रष्टविरुद्ध अख्तियारमा वालेन शाहको उजुरी,धमाधम १३ पाना भर्दै कर्मचारी

कर्मचारीविरुद्ध भ्रष्टाचारको आरोप लागेको छ । यसरी आफ्नै कर्मचारीहरुलाई भ्रष्टचारको मुद्धा हाल्ने मेयर हुन वालेन शाह । केही दिन अघि शाह आफैं टंगालस्थित रातोघरमा पुगेर महानगरपालिकाका ३२ कर्मचारीहरुविरुद्ध भ्रष्टाचार मुद्धामा छानबिन गर्न उजुरी दिएसँगै ती कर्मचारीहरु उपर छानबिन प्रक्रिया प्रारम्भ भएको छ ।
Advertisement 1
काठमाडौं महानगरपालिकाका झण्डै तीन दर्जन भ्रष्ट कर्मचारीविरुद्ध मेयर वालेन शाहले अख्तियारमा उजुरी दिएसँगै अहिले वागदरबारका कर्मचारीहरुको त्रसित भएका छन् ।
टंगाल स्रोतका अनुसार अकुत आर्जन र भ्रष्टाचारको आरोप लगाउँदै मेयर वालेन शाहले एकै पटक ३२ कर्मचारीहरुविरुद्ध टंगालमा उजुरी दिएपछि अहिले उनीहरुलाई अख्तियारमै बोलाएर फारम भराउन थालिएको हो ।
Advertisement 2
टंगालले महानगरका लेखा,खरिद,आम्दानीका विविध शाखामा कार्यरत कर्मचारीहरुलाई बोलाएर १३ पन्ने विवरण भराएर उनीहरु उपर छानबिन प्रक्रिया अघि बढाइरहेको छ।
महानगर स्रोतले पनि अख्तियारमा मेयर वालेन शाहले उजुरी दिएपछि कर्मचारीहरु उपर छानबिन चलिरहेको स्वीकार गरेको छ ।