लोकसेवाको डाटा गायब,खरिदारदेखि अधिकृतसम्मको दरखास्त पुन दिनुपर्ने

लोकसेवा आयोगमा दरखास्त दिएका लाखौं आवेदकको तथ्याङ्क (डाटा) चोरी भएसँगै पुन परीक्षा दिनुपर्ने भएको छ ।
Advertisement 1
राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा समस्या देखिएपछि लोकसेवा आयोगका डाटा नै हराएपछि पुन दरखास्त दिनुपर्ने भएको आयोगले जनाएको छ ।
आयोगमा यस अघि नै आवेदन दिएका कात्तिक, मङ्सिर र पुसको डाटा हराएसँगै त्यस समयका विज्ञापनहरुमा दरखास्त दिएका आवेदकहरुले फेरि आवेदन दिनुपर्ने भएको हो ।
Advertisement 2
केन्द्रको सर्भर फागुन २३ गतेदेखि पूर्णरूपमा अवरुद्ध भएसँगै जेठको पहिलो सातादेखि विभिन्न तहको परीक्षा सञ्चालन हुन नसकेको र ती पदहरुमा पुनः आवेदन आह्वान गर्न लागेको हो ।
आयोगका अनुसार,०७९ मंसिर महिनामा प्रकाशित रा प तृतीय श्रेणी (अप्राविधिक),पौष महिनामा प्रकाशित राप अन (प्रथम श्रेणी) अप्राविधिक र माघ महिनामा प्रकाशित राप अन प्रथम श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवा पाँचौं तहको विज्ञापनमा पुन दरखास्त आह्वान गर्न लागिएको आयोगका प्रवक्ता तोयनारायण सुवेदीले जानकारी गराएका छन् ।