सडक विभागमा अर्जुनजंग थापा,हटाइए शर्मा
सडक विभागको महानिर्देशकमा अर्जुनजंग थापा नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले उनलाई सो जिम्मेवारी सुम्पिएको हो । विभागका महानिर्देशक केशव कुमार शर्मालाई मन्त्रालय तानेर उनको ठाउँमा मन्त्रालयका सहसचिव थापालाई पठाइएको हो । शर्मा यस अघि मन्त्रालयकै विकास सहायता कार्यान्वयन महाशाखा प्रमुखको रुपमा कार्यरत थिए। २०४९ सालमा जिल्ला सडक डिभिजन कार्यालय नवलपरासीबाट इन्जिनियरका रुपमा सरकारी सेवामा प्रवेश गरेका उनीसँग सडक डिभिजन कार्यालय बुटवल, पोखरा, काठमाडौं, महेन्द्रनगर हुँदै हुलाकी राजमार्ग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र उद्योग मन्त्रालयको कार्यअनुभव बटुलेका छन् ।
उनी २०६९ साल फागुन १७ मा सहसचिवमा बढुवा भएका थिए। सोही दिन केशव कुमार शर्मा र शिवहरि सापकोटा पनि बढुवा भएका थिए। थापाअघि शर्मा विभागको महानिर्देशकमा नियुक्त भएका थिए। उनले करिब २२ महिना विभागको नेतृत्व सम्हाले।