‘चाकडी कला’ नजान्दा ‘बढूवामा विभेद’ भोगिरहेका एक बरिष्ठ सह सचिव

वालुवाटार र मुख्य सचिव ‘देब्रे’ भइदिँदा एक जना बरिष्ठ सह सचिवको नाम विगत पाँच महिनादेखि क्याविनेटमा पुग्दै काटकुटको श्रृंखला चल्दैछ ।
र,अझैं (तीन महिना ) कम्तिमा कार्तिकसम्म उनले यही नियति भोगे आश्चर्य नमाने हुन्छ ।
यो बीचमा सचिव बढूवा सिफारिस समितिले पहिलो नम्बरमा सिफारिस गरीवरी क्याविनेटमा पठाएको गोकर्णको नाम पाँचौ पटक काटिइसकेको छ ।
तर उनीभन्दा तल सिफारिस भएका विष्णु नेपाल,मानबहादुर विकहरु प्रदेशतिर गएर प्रमुख सचिव पड्काइसकेका छन् । उनी चाहिँ सह सचिवमै चित्त बुझाइरहेछन् सञ्चार मन्त्रालयतिर । गोकर्णलाई यसरी जिल्लाराम पारिएको छ कि, बाग्मती प्रदेशमा कार्यरत रहिरहेका उनलाई सचिव बढूवा हुनुभयो भन्दै सामान्य प्रशासनमा तानियो र अतिरिक्त समूहलाई लगेर थन्काइयो । उनीभन्दा कनिष्ठलाई क्याविनेटले धमाधम सचिव नियुक्त गरेर खटाइरहँदा अघिल्लो साता सामान्य अत्तिरिक्त समूह (जगेडा)बाट सञ्चारमा निमित्त दिएर पठायो । तर त्यहाँ दुई दिन निमित्त के चलाएका थिए गण्डकी प्रदेशबाट हरि बस्याललाई मन्त्रालयको सचिवमा तानिइएको अबस्था छ ।
वालुवाटर,मुख्यसचिव र प्रधानमन्त्रीको सचिवालयका केही सदस्यको दबाबका कारण गोकर्णले अर्काे सह सचिव योगेन्द्रकुमार कार्कीको झैं नियति भोग्दैछन् ।
कर्मचारीतन्त्रको कमाण्ड सम्हालेका मुख्यसचिव लोकदर्शन रेग्मीले बरिष्ठ सहसचिवमाथि बढुवामा यसरी अन्याय गरिरहेका देखेर निजामती कर्मचारीहरु चाहिँ प्रशासन क्षेत्र सकियो भन्दै ‘लज्जा’ महशुस गर्दैछन् ।
एक जना सचिवले कर्मचारी डटकमसँग पीडा पोख्दै भने,‘पहिला राजाको पालामा दरबारबाट लिष्ट आउथ्यो अहिले वालुवाटार र शक्तिकेन्द्रबाट सचिव बढूवाको लिष्ट निस्कन थाल्यो । यसले त हाम्रो प्रशासन नै सकिने दिशातिर जाँदैछ ।’
विशेष गरी लोकदर्शन रेग्मीले सचिव बढूवा गर्दा राजश्व,भन्सार लगायतका मालदार ठाउँमा बसेका सह सचिवहरुलाई टिप्दै उकाल्दै आएका छन् । कार्तिकमा मात्र मुख्यसचिव लोकदर्शन रेग्मीले भर जानेछन् । त्यतिञ्जेल गोकर्ण बढूवाको बाटो ब्लक जस्तै छ ।
जतिखेर लीलामणी पौडेल मुख्य सचिव थिए । उनले निजामती प्रशासन सुधारको यत्न गरेका थिए । उनको पालमा सचिव बढूवा सिफारिस समितिले पहिलो नम्बरमा राखेर पठाएका सहसचिवहरु सचिवमा उक्लन्थें । यसपछि भाँडभैलो शुरु भो । मुख्यसचिवहरुकै मनखुस चल्न थाल्यो जस्तो सोमलाल सुवेदी मुख्य सचिव हुँदा ५ बजे सह सचिवबाट रिटायर्ड भएका सूर्य आचार्यलाई बेलुका आठ बजे सचिवमा बढूवा भएका चिठ्ठी थमाइयो ।

Advertisement 1

पूर्व सचिव विनोद केसीले पनि अहिले गोकर्णमणिहरुले भोगेझैं नियति भोगेका हुन कुनै क्षण । गोकर्णलाई तारान्तार शहीद बनाइनु कारण के हो त ? गोकर्णका नाडी छामेका सह सचिव र सचिवहरु गोकर्णमा एउटै खोट देख्छन्,इमानन्दार हुनु र कुनै नेताको दैलो नढुक्नु ।

गोकर्णले आफू निकटस्थहरुसँग भन्ने गरेका छन्,‘कसैको अघि अघि शीर झुकाएर जान्न,छात्ती ठोकेरै भए पनि एक दिन सचिवमा बढूवा नगराइ सुखै छैन् ।’
कुनै समय गोकर्णका हाकिम भएर काम गरेका पूर्व सह सचिव प्रतीक ढकाल भन्छन्,यस्तै कर्मचारीले हो मन्त्रीलाई पनि टक्कर दिन सक्ने ।

प्रकाशित :२०७७ भाद्र ७, आईतवार १३:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry