निर्वाचन क्षेत्रमा आज सार्वजनिक बिदा
प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आज सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालयले एक सूचना जारी गर्दै बारा जिल्ला क्षेत्र नं. २, चितवन जिल्ला क्षेत्र नं. २ र तनहुँ जिल्ला क्षेत्र नं. १ मा आज उपनिर्वाचन हुने भएकाले बिदा दिएको हो।
Advertisement 1
मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा दिएको थियो। आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको अवधि तोकिएको छ। तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित जसपा नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि ती दुवै निर्वाचन क्षेत्र रिक्त भएका थिए।
चितवन २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेले आफ्नो नागरिकता प्रकरणमा सांसद पद गुमाएका थिए। आज त्यहाँ उपनिर्वाचन हुँदैछ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।