त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

काठमाडौं। काठमाडौँको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी भएको छ।

Advertisement 1

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले रिद्धिसिद्धी यातायातको बसमा चालकले आफैँ आगो लगाएको राससलाई जानकारी दिए।

आगोमा परेर घाइते भएका चालकलाई उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पतालमा पठाइएको एसएसपी घिमिरेले बताऐ। के–कति कारणले आगो लगाउन खोजिएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement 2

आगोलागी भएको बस र चालकको विवरण भने खुलेको छैन।

प्रकाशित :२०८३ आश्विन ५, सोमबार १४:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry