नेपाली सेनामा एकै पटक ४५ सय जनालाई रोजगारीको अवसर

sena

नेपाली सेनाले एकै पटक ठूलो संख्याका कर्मचारी माग गरेको छ । सैनिक मुख्यालयले एक सूचना प्रकाशन गर्दै चार हजार ५०० जनशक्तिका लागि आवेदन आव्हान गरेको छ । सैन्य पदका लागि खुलाइएको विज्ञापनमा खुलातर्फ दुई हजार ३५१, सैन्य परिवारलाई २२५, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेसी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जनाको लागि विज्ञापन खुलाइएको छ ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले सामान्य दस्तुर तिरेर जेठ ७ गतेभित्र र दोब्बर दस्तुर तिरेर भने १४ जेठसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

Advertisement 1

 

प्रकाशित :२०८० बैशाख ८, शुक्रबार ०८:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry