३ सहसचिवमा बढुवा सिफारिस : कृषि सेवाका ४ जनाको शतप्रतिश अंकले प्रतिस्पर्धा कडा

काठमाडौं। सरकारले सहसचिवमा बढुवाका लागि १२ जना उपसचिवको नाम योग्यताक्रमअनुसार सार्वजनिक गरेको गरेको छ। आइतबार बसेको बढुवा समितिको बैठकले ३ जना सहसचिवका उपसचिवहरुको नाम योग्यताक्रमअनुसार सिफारिस गरेको हो।

Advertisement 1

सिफारिसमा १ जना कृषि सेवाको सहसचिवका लागि ७ जना उपसचिव परेका छन्। योग्यताक्रमको सूचीअनुसार कृषि सेवामा फणिन्द्रराज देवकोटा, तिर्थकुमार श्रेष्ठ, विनोद हमाल र यामकुमार श्रेष्ठको चर्को प्रतिस्पर्धा छ।

उनीहरु चारै जनाले शतप्रतिशत अंक ल्याएका छन्। उनीहरुपछि क्रमशः रामचन्द्र यादव (९९.३६), नविन शर्मा (९८.३८) र सहसराम चौधरी (८६.९७) रहेका छन्।

Advertisement 2

त्यस्तै वन सेवातर्फ राजेश मल्ल र शिव खनाल सिफारिसमा परेका छन्। यद्यपि मल्लले ८७.५९ प्रतिशत र खनालले ८४.५३ प्रतिशत अंक पाएका छन्।

त्यस्तै विविध सेवातर्फ सिफारिसमा परेका तीनै जनाबीच चर्को प्रतिस्पर्धा छ। श्रीचन्द्र साह, मनिष भट्टराई र ईन्जिनियर मुकेश रेग्मी सिफारिसमा परेका छन्। तीनै जनाले ९९ प्रतिशतभन्दा बढी अंक पाएका छन्।

Advertisement 3

[embeddoc url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2024/12/Promotion-20241230035832117.pdf”]

प्रकाशित :२०८१ पुष १५, सोमबार १३:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम