साउदी अरेबियाबाट श्रम वैधानिकिकरण सुरु

काठमाडौं। श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकहरुको श्रम वैधानिकिकरण सुरु भएको छ। आज रियादस्थित नेपाली दूतावासले आयोजना गरेको १ समारोहमा आठ वर्षदेखि रियादमा कार्यरत अजय दङ्गालको बायोमेट्रिक लिएर राजदुत डा नरेश बिक्रम ढकालले श्रम वैधानिकिकरण औपचारिक रुपमा सुरु गरे।

Advertisement 1

कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत् सिंह भण्डारीले श्रम स्वीकृति बिना विदेशमा काम गर्ने श्रमिकलाई वैधानिकिकरण गर्ने अभियानमा नेपाली दूतावास साउदी अरेबियाको प्रयास सराहनीय भएको बताए।

श्रम स्वीकृति नहुँदा वैदेशिक रोजगारमा रहेका श्रमिक स्वदेश फर्किन नसक्ने नभएकाले वैधानिकिकरण अभियान सुरु गरिएको उनले जानकारी दिए। साउदी अरेबियासँग द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर हुने जानकारी दिँदै मन्त्री भण्डारीले दूतावासले दिने आगामी सेवा प्रविधिमा आधारित हुने बताए।

Advertisement 2

राजदूत डा ढकालले श्रम वैधानिकिकरणलाई अभियानकै रुपमा सञ्चालन गरिने बताए। उनले यस कार्यमा विभिन्न सङ्घ संस्थाहरुको समन्वय र सहकार्य जरुरी रहेको उल्लेख गरे।

राजदूत डा ढकालका अनुसार सन् २०२४ सेप्टेम्बर ३० भन्दा अघि वैदेशिक रोजगारीका लागि साउदी अरबियामा आएका नेपाली श्रमिकहरुले श्रम स्वीकृतिका लागि अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित :२०८२ श्रावण ३०, शुक्रबार १७:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry