एउटा प्रशासकको अग्रसरताले कति फरक पार्दछ सरकारी कार्यालयमा …
सुशासनको प्रारम्भ तब हुन्छ जब सरकारी कार्यालयहरु फेसलेस,पेपरलेसको स्थितीमा पुग्दछन् ।
कुनै समय छिछि र दुरदर गर्ने बदनामी अड्डाका रुपमा चिनिएको श्रम कार्यालय पछिल्लो समय सुधारको दिशामा छ । सो कार्यालयका सेवाहरु पूर्णतया अनलाइन प्रणालीमा गएसँगै सेवाग्राहीको सबैभन्दा बढी भिड लाग्ने कार्यालयको रुपमा चिनिएको वैदेशिक रोजगार विभाग अहिले सुनसानजस्तै देख्न पाइन्छ ।
Advertisement 1
अनलाइनबाटै सम्पूर्ण काम तमाम हुने भएका कारण त्यहाँका विचौलियाहरुको रुवावासी शुरु भएको छ । कार्यालय पूर्णत अनलाइन प्रणालीमा गएसँगै अहिले वैदेशिक रोजगार कार्यालय ताहचलको शाखाहरुलाई एकीकृत गरिएको छ । काम कारवाहीलाई छिटो छरितो, पारदर्शी र प्रभावकारी बनाउने उदेश्यले कार्यालयभित्र रहेका शाखाहरुलाई एकीकृत गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रलायले पूर्ण रुपमा अनलाईन सेवा शुरु, सातै प्रदेशबाट श्रम स्वीकृतिको व्यवस्था गरेसँगै वैदेशिक रोजगार कार्यालय ताहचलको कामको चापमा परिवर्तन भएसँगै कार्यालयको कामलाई थप व्यवस्थित बनाउनुपर्ने भएको हुँदा शाखाहरुलाई एकीकृत (मर्ज) गरिएको मन्त्रालयले जनाएको छ ।
Advertisement 2
यसअघि छ्ट्टा छुट्टै रहेका ४ वटा शाखालाई मर्ज गरी एकै बनाइएको हो । यस अघि अस्तित्वमा रहेको संस्थागत शाखा ‘क’ अन्तर्गत रहेका पूर्व स्वीकृति शाखा र अन्तिम श्रम स्वीकृति शाखा तथा संस्थागत शाखा ‘ख’ अन्तर्गतको पूर्व स्वीकृति शाखा र अन्तिम श्रम स्वीकृति शाखा गरी ४ वटा शाखालाई एकीकरण गरी संस्थागत शाखा (पूर्व स्वीकृति शाखा र अन्तिम स्वीकृति शाखा) मात्रै बनाइएको छ भने यस अघि कायम रहेको व्यक्तिगत श्रम स्वीकृति शाखा अन्तर्गतको नयाँ श्रम स्वीकृति तथा वैधानिकरण शाखा र नवीकरण शाखालाई एकीकरण गरी एउटा मात्रै व्यक्तिगत श्रम स्वीकृति शाखा कायम गरिएको बताइएको छ ।
यसरी कार्यालयका कोठाहरुलाई एकीकृत गरेर एउटै हलबाट अहिले कार्य सम्पादन प्रक्रिया प्रारम्भ भएको छ । कार्यालय प्रमुखदेखि सबै कर्मचारीहरू एउटै हलमा राखिएका डेस्कहरूबाट सेवा प्रवाह गर्ने थालेकाछन् । यसबाट थोरै जनशक्ति, स्रोत र साधनबाट नै छिटो र प्रभावकारी रुपमा सेवा प्रवाह गर्न सकिने मन्त्रालयले जनाएको छ । यस निर्णयसँगै वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा सुधार गरी यथाशीघ्र कार्यान्वयन हुने कार्यालयकी प्रमुख पार्वती अर्यालले बताए ।
Advertisement 3
वैदेशिक रोजगार कार्यालयको हालको स्वीकृत संगठन संरचना अनुसार मौजुदा शाखाहरुलाई एक अर्कोमा एकीकरण गरिएपछि कार्य प्रक्रिया सरलीकरण भइ थप प्रभावकारी बनाउने उदेश्यका साथ यो निर्णय गरिएको मन्त्रालयका सचिव एकनारायण अर्यालको भनाई छ ।
ताहाचलबाट प्रवाह हुने सेवालाई थप जनमुखी, जवाफदेही, पारदर्शी, सेवाग्राहीमैत्री एवं आधुनिक सूचना प्रविधिमा आधारित बनाउदै बैदेशिक रोजगारमा जाने प्रक्रियालाई छिटो, छरितो र सहज ढंगले प्रवाह गर्न अनलाइन प्रणाली मार्फत पूर्व श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति, नयाँ व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका कार्यहरु विभिन्न शाखागत रुपमा सम्पन्न हुँदै आएकोमा हाल शाखागत जिम्मेवारीलाई कार्यालयको संगठनात्मक संरचना, सेवा प्रवाहको प्रकृति र बिद्धमान कार्यबोझ समेतलाई मध्यनजर गर्दा समयसापेक्ष हेरफेर एवं प्रणालीगत सुधार गर्नुपर्ने अवस्था देखिएको वैदेशिक रोजगार कार्यालयका सूचना अधिकारी तथा निर्देशक बसन्त बहादुर वोहराले बताँउछन् ।
नेपाल सरकारबाट स्वीकृति संगठन संरचना (ओएण्डएम) अनुसार हाल यस कार्यालयमा प्रशासन शाखा, सूचना प्रविधि शाखा, संस्थागत श्रम स्वीकृति शाखा क (पुर्व स्वीकृति शाखा र अन्तिम श्रम स्वीकृति शाखा), संस्थागत श्रम स्वीकृति शाखा ख (पुर्व स्वीकृति शाखा र अन्तिम श्रम स्वीकृति शाखा) र व्यक्तिगत श्रम स्वीकृति शाखा (नयाँ श्रम स्वीकृति तथा बैधनिकिकरण शाखा र नवीकरण शाखा) रहेका छन् । यस्तै संस्थागत शाखा अन्तर्गत पुर्व स्वीकृति (कतार पुर्व, मलेशिया पुर्व, साउदी पुर्व र काठमाण्डौ पुर्व) र अन्तिम श्रम स्वीकृति (कतार अन्तिम, मलेशिया अन्तिम , साउदी अन्तिम र काठमाण्डौ अन्तिम) गरि पुर्व स्वीकृति तथा अन्तिम श्रम स्वीकृति सम्बन्धि कार्यहरु सम्पादन हुँदै आइरहेको छ ।
कार्यालयका अनुसार,व्यक्तिगत श्रम स्वीकृति शाखा अन्तर्गत पहिलोपटक व्यक्तिगत पहलामा बैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि नयाँ व्यक्तिगत श्रम स्वीकृति शाखा र एक पटक बैदेशिक रोजगारीमा गई पुन सोहि देशमा बैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि नविकरण शाखाबाट श्रम स्वीकृति सम्बन्धि कार्यहरु सम्पादन गर्दै आइरहेको छ ।