निजामती दिवसको नाराः व्यवसायिक र र्सिजनशील प्रशासनः विकास समृद्धि र सुशासन

Advertisement 1
यस वर्षको निजामती सेवा दिवसको नारा तय गरिएको छ। नेपाल सरकारका मुख्य सचिव शंकरदार बैरागीको अध्यक्षतामा २०७८ देखि २०८२ सम्मको लागि तय भएको हो । संघीय तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले निजामती मूल समारोह समितिको बसेको बैठकले ‘ व्यवसायिक र र्सिजनशील प्रशासनः विकास समृद्धि र सुशासन’ तय गरिएको जानकारी दिए।
सरकारले यस वर्ष कोरोना भाइरस (कोभिड–१९)का कारणले कार्यालयमा नै दिवस मनाउन निर्देशन दिइसकेको छ। मन्त्रालयका सचिव अर्यालले कार्यालयमा दिवस मनाउँदा पनि भौतिक दूरी र स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग गर्नुपर्ने बताए। निजामती सेवा ऐन जारी भएको दिनको सम्झनामा यही भदौ २२ गते निजामती दिवस मनाइने गरिन्छ। नेपालमा करिब ८० हजार निजामती कर्मचारी छन्।
प्रकाशित :२०७८ भाद्र १६, बुधबार १५:४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%