प्रस्तावित राजदूतहरुको सनुवाइ कात्तिक २७ गते

प्रस्तावित राजदूतविरुद्ध उजुरी दिएकाहरु आजको लागि तोकिएको सुनुवाईमा अनुपस्थित भएका छन् । अमेरिका र बेलायतका लागि युवराज खतिवडा र लोकदर्शन रेग्मीलाई प्रस्ताव गरिएकोमा उनीहरुविरुद्ध उजुरी दिइएको थियो ।
Advertisement 1
उजुरीकर्ता अनुपस्थित भएकाले अब सुनुवाई कात्तिक २७ गतेको लागि सरेको छ ।
संसदीय सुनुवाई समितिले प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी दिने व्यक्तिहरुलाई छलफलका लागि बोलाएको थियो ।उजुरीकर्तालाई पटक-पटक फोन गरेर सूचित गर्दा र गोरखापत्रमा सार्वजनिक सूचनामार्फत उपस्थित हुन आग्रह गरिए पनि उनीहरु नआएको सभापति कर्णले बताए ।
Advertisement 2
संसदीय सुनुवाई समितिका अनुसार प्रस्तावित राजदूतहरू खतिवडा र रेग्मीविरुद्ध अनियमितता, कार्यसम्पादन, नीतिगत भ्रष्टाचार लगायतका विषयमा उजुरी परेका थिए । राज्यका विभिन्न निकायमा पटकपटक अवसर पाएका पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका पूर्वआर्थिक सल्लाहकार खतिवडाविरुद्ध तीन उजुरी परेका थिए ।
दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्माविरुद्ध भने उजुरी परेको छैन । संसदीय सुनुवाई समितिबाट नाम अनुमोदित भएपछि राष्ट्रपतिले राजदूतहरूको नियुक्ति गर्ने कानुनी व्यवस्था रहेको छ ।